Smart Media
07/05/2026
क्रोएसिया विरुद्धको खेलमा आत्तिए रोनाल्डो !
टोरोन्टोमा सम्पन्न वर्ल्डकप २०२६ को पोर्चुगल र क्रोएसियाबीचको तनावपूर्ण खेलमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो निकै आत्तिएको तथ्याङ्क सार्वजनिक भएको छ। रोनाल्डो आफैँ लगानीकर्ता र ब्रान्ड एम्बेसडर रहेको फिटनेस प्रविधि कम्पनी 'हुप' (WHOOP) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पेनाल्टीमार्फत १-१ को बराबरी गोल गर्दा उनको मुटुको धड्कन प्रतिमिनेट १५७ सम्म पुगेको थियो, जुन ४० देखि ६० को औसत धड्कन हुने खेलाडीका लागि अत्यधिक तीव्र हो। खेलको अन्तिम समयमा क्रोएसियाको गोल अफसाइड घोषित भएको उक्त रोमाञ्चक म्याचमा रोनाल्डोले पेनाल्टीको तयारी गर्दा १४४, गोन्जालो रामोसले गोल गर्दा १३४ र अन्तिम सिट्ठी बज्दा १४१ बिट्स प्रतिमिनेट धड्कन महसुस गरेका थिए। खेलको अन्तिमतिर बेन्चमा बस्दासमेत अशान्त रहेका रोनाल्डोले मैदानमा आफैँ खेल्नुभन्दा बाहिर बसेर हेर्नु झन् बढी तनावपूर्ण र डरलाग्दो हुने प्रतिक्रिया दिएका छन्।
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Anamnagar
Dallas, TX
44600