MetaVerse
30/12/2025
एक पटक माइक टायसन (Mike Tyson) लाई कसैले बिहान चार बजे अभ्यास गरिरहेको देखेपछि सोधेछन्— "तपाईँ यति चाँडै किन अभ्यास गर्नुहुन्छ?"
टायसनले जवाफ दिएका थिए:
"म बिहान ४ बजे यसकारण दौडिरहेको हुन्छु किनकि मलाई थाहा छ, मेरो प्रतिद्वन्द्वी अझै सुतिरहेको छ। मेरो यो अभ्यासले मलाई उनीहरूभन्दा एक कदम अगाडि राख्नेछ।"
उनले थप भनेका थिए:
"यदि मलाई थाहा भयो कि मेरो कुनै प्रतिद्वन्द्वी बिहान ४ बजे दौडिरहेको छ भने म २ बजे नै दौडन सुरु गरिदिनेछु। र यदि उसले १ बजे नै अभ्यास सुरु गर्छ भने, म सुत्न नै छोडिदिनेछु र रातभरि अभ्यास गर्नेछु।"
साथीहरु यी शब्दहरूले स्पष्ट पार्छन् कि अनुशासन (Discipline) बिना कुनै पनि लक्ष्य प्राप्ति गर्न सम्भव छैन। तपाईँ जतिसुकै प्रतिभाशाली किन नहुनुहोस्, यदि कडा परिश्रम र अनुशासन छैन भने त्यो प्रतिभाको कुनै अर्थ रहँदैन।
यो तस्बिर सन् १९८६ को हो, जतिबेला टायसन दैनिक ५–८ किलोमिटर दौडने गर्थे। यही वर्ष माइक टायसन (Mike Tyson) ले 'हेभीवेट च्याम्पियन' (Heavyweight Champion) को उपाधि जितेर इतिहास रचेका थिए।
साथीहरू तपाईँलाई माइक टायसनको यो भनाइ र व्यवहार कस्तो लाग्यो? आफ्नो विचार व्यक्त गर्नुहोस्।
धन्यवाद ♥️
नमस्कार 🙏
जय नेपाल 🇳🇵
Clique aqui para solicitar o seu anúncio patrocinado.
Categoria
Website
Endereço
Lisbon
Horário de Funcionamento
| Segunda-feira | 11:00 - 23:45 |
| Terça-feira | 10:00 - 17:00 |
| Quarta-feira | 10:00 - 17:00 |
| Quinta-feira | 10:00 - 17:00 |
| Sexta-feira | 11:00 - 17:00 |
| Sábado | 11:30 - 21:00 |
| Domingo | 11:15 - 21:30 |