Nepalese In Poznan

Nepalese In Poznan

Udostępnij

30/05/2024

सुचना ! सुचना !! सुचना !!!
सम्पुर्णमा नमस्कार 🙏🙏🙏
आगामी जुन (June) २८, २९ र ३० गते Warsaw Poland मा गैर आवशिय नेपाली संघ पोल्याण्ड र वारसा स्थित नेपाली अबैतनिक बाणिज्यदूताबासको समन्वयमा बर्लिन स्थित नेपाली दूतावासको राहदानी नविकरण घुम्ति सेवा सञ्चालन हुदै छ ।
biometric दिन आउनु अगाडि एनआरएनए पोल्यान्डमा रजिष्ट्रेशन अनिबार्य गर्नु पर्ने हुन्छ। निम्न कुराहरु अनिबार्य गरेको हुनु पर्छ :-
📌 ई passport application को लागि यो लिंक मा जानुहोस्: https://emrtds.nepalpassport.gov.np/
📌 रजिष्ट्रेशन को लागि: https://docs.google.com/forms/d/1CAwxWKW8gLjxpOxmSy6zXR-O-X2HRDJGIxrymm12hrw/edit
( 🔴 नोट: रजिट्रेशन अनिवार्य छ
सोही रजिट्रेशनको आधारमा पाइने टोकन नम्बरको आधारमा दिन समय तालिका (appointment date, time) निर्धारण हुने छ)
घुम्ती सेवा लिन आउदा खेरि अनिबार्य इ तलका कागजपत्र अनिबार्य लिएर आउनु पर्ने छ :-
-१ कपि आवेदन फारम प्रिन्ट गर्ने
-सक्कली पासपोर्ट र १ कपि फोटोकपी
-नेपाली नागरिकता र फोटोकपी
-राजस्व शुल्क यूरो १२० तिरेको confirmation
-रहादनी नबिकरण को लागि तीन दिन अघि शुल्क स्थानान्तरण गरि सकेको हुनु पर्छ
- कार्ड भुक्तानी सम्भव छैन यद्यपि, नगद भने भुक्तानी सम्भव छ।
(कुनै अतिरिक्त फोटो आवश्यक छैन)
Embassy account Details: COMMERZBANK, Berlin
Account number/EBAN: DE 79 100 400 000 26 60 20 700
SWIFT: COBADEFF # # #
- यस एकाउन्ट मा १२० Euro (पासपोर्टको म्याद सकिएको हकमा)
२४० Euro (Passport हराएको वा चोरी भयमा)
११० Euro (बच्चा वा भर्खर जन्मेको नाबालक को हकमा)
🔴 नोट: तपाइले भर्नु भएको फर्मलाइ PDF फाइलमा डाउनलोड गरि [email protected] मा 21 तारिक भित्र अनिवार्य पठाउनु होला, संग संगै भुक्तानी पुष्टिकरण पनि उक्त इमेल मा पठाउनु होला ।
फर्म भर्दा वा अन्य कुनै समस्या भए सम्पर्क गर्नु होला :
पवन खड्का - 517 850 823
उदय राज गिरी - 510 247 969
कुल बहादुर श्रेष्ठ - 729 415 943
विवश हाङ राई - 579 247 442
जिबन लुइँटेल - 729 394 256
साथ साथै एनआरएनए पोल्यान्डको तर्फबाट केही सुविधा थप गर्ने निर्णय गरेका छौ, जुन सेवाहरु निम्नानुसार रहेका छन्,।
✅हजुरहरुले Poland बस्दै गर्दा आएका समस्याको विषयमा सर सल्लाह र परामर्श को पनि व्यवस्था गरेका छौ। कुनै समस्यामा पर्नु भएको छ भने आई समस्या राख्न सक्नु हुनेछ। सक्दो सहयोग गर्नेछौ।
✅घुम्ती सेवाको लागि कार्यक्रम स्थल Polna 13, Warsaw
✅ हुलाक खर्च बाहेक अतिरिक्त सुल्क नलाग्ने
धन्यवाद !!
गैर आवशिय नेपाली संघ पोल्याण्ड

26/05/2024

युरोप र युके भरीमा रहनु हुने सम्पुर्ण नेपाली फुटबलप्रेमी टोलीहरुमा नमस्कार, पोल्याण्डमा यसै वर्ष स्थापित गोर्खाली वारियर्सद्वारा युरोपमै सबैभन्दा प्रत्याशित सबैभन्दा ठूलो धनराशी र स्वर्ण कप सहित 7-A साइड नेपाली फुटबल प्रतियोगिता "United European Gorkhali Cup" पहिलो संस्करण यही आउँदो २०२४ जुलाई महिनाको ६ र ७ तारिकका दिन पोल्याण्डको वार्सामा आयोजना गर्न लागिरहेको जानकारी गराऊदछौं। उक्त प्रतियोगितामा तपाईहरुको क्लब वा देशको प्रतिनिधीत्व गरी सहभागी गराईदिनुहुन सादर अनुरोध गर्दछौं ।

समय तालिका
टिम दर्ता अन्तिम मिति: ३०/०५/२०२४ गते
टिम दर्ता शुल्कः ७०० युरो
खेल मितिः ६ र ७ जुलाई २०२४
खेल स्थान: Osir Bemowo Stadium, Ul. Obrońców Tobruku 11, 01-494, Warsaw, Poland

नोटः टिम दर्ता वेब साईड, ईमेल वा फोनबाट पनि गर्न सकिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बरहरु
टिम दर्ता संयोजक 👉 विवेक पौड्याल (+४८) ५७९ २३९ २१६
कार्यक्रम संयोजक 👉 सुलभ लामा (+४८) ५७९ ३०१ २५६
प्रवक्ता तथा सुचना अधिकारी 👉 कुल बहादुर श्रेष्ठ (+४८) ७२९ ४१५ ९४३

आयोजक
गोर्खाली वारिर्यस
वार्सा, पोल्याण्ड

United European Gorkhali Cup

17/05/2024

हामी सबै नेपाली राम्ररी बुझौं..!!🤓

सम्पूर्णमा नमस्कार 🙏,
हालसालै नेपाली साथीहरुलाई एरपोर्ट सुरक्षाकर्मी द्वारा नेपाल बाट लेराएको खाने कुरा फाल्ने र जरिवाना समेत उसुल्न लगाएको सुन्नमा आएको छ। खाने कुराहरू के-के लेराउन सकिन्छ वा त्यसको सिमाहरू के-के छन् भन्ने कुराहरू बुझ्ने कोशिस गरौं।
के कस्ता खाद्य पदार्थ पोल्याण्ड मा लेराउन सकिन्छ?
हामीले प्राय अस्ट्रेलिया, Uk वा अमेरिकामा नेपालबाट माया ले घर परिवारले संगै राखी दिएको खाने कुराहरू एरपोर्टमा समातेर फालिदिएको र भारि जरिवबाना समेत उसुलेको सामाजिक संजालमा देखेका छौं तर पोल्याण्डमा भने एस्तो खासै सुन्नमा आएको थिएन तर पोल्याण्डमा पनि मनलागी समानहरू लेराउन भने पाइदैन, लेराएको खण्डमा समान फालिदिने त छदै छ उक्त निषेधित समान लेराएको खण्डमा भारि जरिवाना समेत उसुल्न लगाइन्छ।
हामी प्राय सोध्ने गर्छौ, हामीले पोल्याण्डमा खाद्यान्नहरू लैजान अनुमति छ कि छैन? खानको लागि तयार कुनै पनि खाना लिन अनुमति छ, तर यसको कुल वजन प्रति व्यक्ति 2 किलोग्राम भन्दा बढी हुनु हुँदैन।
के कस्तो खाद्य पदार्थ ल्याउन कडाइका साथ निषेध गरिएको छ?
- दूध र दुग्ध उत्पादनहरू (तपाईले पोल्याण्डमा गाडा दुध लैजान सक्नुहुन्छ कि भन्ने प्रश्नमा पनि यही कुरा लागू हुन्छ। दुधका उत्पादनहरू भएका डिब्बाबंद उत्पादनहरूले सीमा रक्षकहरूमा अवरोध उत्पन्न गर्न सक्छन्);
-मासु र कुनै पनि प्रकारको मासु उत्पादनहरू जस्तै : सुकुटी (काटिएको र खानका लागि तयार साना-साना भागहरू बाहेक जस्तैकी :- स्यान्डविच)
-टिन लगाएको खाना (घरमा बनाइएको र मासु-आधारित दुवै)।
पोल्याण्ड भन्सार नियमहरूले तपाईंलाई माछा र माछा उत्पादनहरू, बच्चाहरूको खाना, ताजा फलफूल र तरकारीहरू प्रति व्यक्ति 5 किलो (काँचो आलु बाहेक) ल्याउन अनुमति दिन्छ।
साथै उत्पादनहरूको सूची जुन निश्चित प्रतिबन्धहरूसँग आयात गर्न सकिने सिमितता:
-मह (प्रति व्यक्ति 2 किलोग्राम सम्म);
-अण्डा र अण्डा उत्पादनहरू (प्रति व्यक्ति 2 किलोग्राम सम्म);
-कफी (प्रति व्यक्ति ५०० ग्राम सम्म)
-चिया (प्रति व्यक्ति 100 ग्राम सम्म)।
त्यसैले एरपोर्ट हुदै आउदा सहजीकरणको लागि के समान लेराउन मिल्ने हो नमिल्ने कुराहरुमा पनि ध्यान दिनू होला।
धन्यवाद!!
गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

Photos from Nepalese In Poznan's post 01/05/2023

Latest Pictures but Missing More People in Pictures.. Gathering and little joyful moment during Football Match and After Match..

Chcesz aby twoja firma była na górze listy Siłownia I Obiekt Sportowy w Poznan?
Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.

Kategoria

Telefon

Strona Internetowa

Adres


Poznan