Devghatonline
07/07/2026
महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाले वडा नम्बर ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबाट बत्ती बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकाको आर्थिक विकास शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा वडा नम्बर ५ का ३३ जना महिलाको सक्रिय सहभागिता रहेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएकालाई कसुर ठहर गरेको छ ।
जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।
२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।
यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल विरुद्ध पनि यही कसुरमा दायर मुद्दा दायर भएको थियो।
07/07/2026
https://devghatonline.com/news/37269
सौन्दर्य अभिवृद्धिकालागि देवघाटको वडा कार्यालय परिसरमा चाइनिज दुबो रोपण विष्णु मगर । देवघाट, असार २३
06/07/2026
https://devghatonline.com/news/37235
तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा तनहुँ । असार २२
06/07/2026
https://devghatonline.com/news/37241
घिरिङ गाउँपालिकाकाको सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न सिमित श्रोत साधनको बाबजुद घिरिङको विकासमा उल्लेख्य काम गरेका छौंः अध्यक्ष थापा
06/07/2026
शुक्लागण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित ८२ लाख रुपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक, कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन सुरु गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Tanahun