Hamropusta

Hamropusta

Share

05/06/2026

बाइक दुर्घटनामा Harka Sampang A Revolution कसरी भयो video हेर्नू होला । स्वास्थ लाभको कामना

05/06/2026

नेपालको न्याय प्रणालीको असर

05/06/2026

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane र भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण एसियाका विशेष दूत Sergio Gor बीच महत्वपूर्ण भेटवार्ता भएको छ।

यो भेटलाई नेपाली कूटनीतिक तथा राजनीतिक वृत्तमा विशेष अर्थका साथ हेरिएको छ। भारत भ्रमणमा रहेका कुनै नेपाली नेतासँग भारतस्थित अमेरिकी राजदूतले औपचारिक भेट गरेको घटना दुर्लभ मानिएको छ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, आर्थिक विकास, लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धन तथा साझा हितका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको बताइएको छ। अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्व दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

राजदूत गोर यसअघि नेपाल भ्रमणका क्रममा पनि रवि लामिछानेसँग भेट गरेका थिए। भारतमा भएको पछिल्लो भेटपछि भने रवि लामिछानेको अन्तर्राष्ट्रिय राजनीतिक सक्रियता र कूटनीतिक पहुँचबारे नयाँ चर्चा सुरु भएको छ।

04/06/2026

Tribhuvan University ले अध्ययन बिदा लिएर सेवामा नफर्किएका तथा बिदाको दुरुपयोग गरेका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल गरेको छ।

छानबिन समितिका अनुसार अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन् भने थप ६२ जनाले रकम तिर्न निवेदन दिएका छन्।

सरकारको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोगको विषयमा कडाइ गर्दै रकम असुली अभियानलाई तीव्र बनाएको हो।

विश्वविद्यालयका अधिकारीहरूका अनुसार छानबिन प्रक्रिया अझै जारी रहेको र आगामी दिनमा थप रकम फिर्ता आउने अपेक्षा गरिएको छ। अध्ययन बिदाको नाममा राज्यको स्रोतसाधन दुरुपयोग भएको आरोपबारे विश्वविद्यालयले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Address


Birendranagar
Surkhet