Tilottama Hi-Tech Lab

Tilottama Hi-Tech Lab

Share

26/03/2026

आज हाम्रो SNCU मा एउटा नवजात शिशु जन्डिस (Neonatal Jaundice) का कारण भर्ना भय। बच्चाको उपचार राम्ररी भइरहेको थियो। फोटोथेरापीको बत्ती मुनि सानो बच्चा सुतिरहेको थियो, उसको अक्सिजन र बिलिरुबिन लगायतका भाइटल्स स्तर नियन्त्रणमा थिए। चिकित्सकीय दृष्टिले सबै ठीक थियो।

तर आमाबुबाको आँखामा डर थियो। त्यो डर रोगभन्दा पनि ठूलो थियो। हात हल्लाइरहेकी आमाको अनुहारमा मैले प्रश्न स्पष्ट देख्न सकें। बुबा परै मौन बसेर सुनिरहेका थिए। आमाले सोध्नुभयो—“डाक्टर साब, मैले मासु खाएँ। बेसार पनि खाएँ। त्यसैले त बच्चालाई जन्डिस भयो होइन?”
त्यो प्रश्न सुन्नेबित्तिकै म एकछिन स्तब्ध भएँ। यति वर्षको अध्ययन, यति धेरै जनचेतनाका प्रयास, तैपनि हामी अझै पनि एउटै भ्रमसँग लडिरहेका छौं। रोगसँग मात्र होइन, अज्ञानतासँग पनि।

त्यसपछि मैले आमालाई नम्र बन्दै भनें—“आमा, तपाईंले मासु खानुभएकोले वा बेसार खानुभएकोले यो बच्चालाई जन्डिस भएको होइन। यो त साना बच्चाहरूमा सामान्य प्रक्रिया हो। बच्चाको कलेजो बिस्तारै परिपक्व हुँदै गर्दा रगतमा बिलिरुबिन अलि बढी भएको मात्र हो। र तपाईंको दूध नै यसको सबैभन्दा राम्रो औषधि हो।”

आमाको अनुहारमा ढुक्क हुने र मुस्कुराउने बीचको भाव देखें। त्यो क्षणमा मलाई फेरि एकपटक विश्वास भयो—रोगभन्दा पनि ठूलो उपचार हो, सही जानकारी। र डरभन्दा ठूलो सहारा हो, अपनत्व।

आउनुहोस्, आज यहीँ केही सत्य कुरा गरौं:
· नवजात शिशुमा जन्डिस धेरैजसो अवस्थामा सामान्य हुन्छ।
· समयमै उपचार गरेमा यो पूर्ण रूपमा निको हुन्छ।
· आमाले मासु, बेसार वा कुनै पनि पौष्टिक खाना खाएको कारणले जन्डिस हुँदैन। यो केवल भ्रम हो।

आमाहरुको लागि :
· मासु खानुहोस् – यसले तपाईंको शरीरलाई शक्ति दिन्छ। शक्तिले मात्र राम्रो दूध बन्छ।
· बेसार प्रयोग गर्नुहोस् – पुरानो पुस्ताले भनेजस्तो यसले जन्डिस बढाउँदैन। यो सुरक्षित छ।
· पोषिलो खाना खानुहोस् – दाल, भात, साग, फलफूल, अण्डा, दूध। तपाईं स्वस्थ भए मात्र बच्चा स्वस्थ हुन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, जन्डिस घटाउने सबैभन्दा प्रभावकारी उपचार
बारम्बार स्तनपान।

· दिनमा ८ देखि १२ पटक जति धेरै सकिन्छ, उति राम्रो।
· यसले बिलिरुबिन शरीरबाट मलको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ।

बच्चाले सिधै स्तनपान गर्न नसके पनि,
· दूध निकालेर (expressed breast milk) खुवाउनुहोस्।
· तर स्तनपान रोक्नु हुँदैन। रोक्नै हुँदैन।

कृपया यी गल्ती नगर्नुहोला:
· डरले आफ्नो खाना बन्द गर्ने।
· घरेलु उपचारको भरमा मात्र बस्ने।
· बच्चाको पहेँलोपन देखेर ढिला गर्ने, अस्पताल नजाने।

मेरो व्यक्तिगत अनुभवमा बुझनुपर्ने कुरा हामी डाक्टरहरू उपचारका लागि हौं, तर सही जानकारी दिनु पनि हाम्रो जिम्मेवारी हो। तर आमाबुबा तपाईंहरू नै हुनुहुन्छ जसले हामीलाई विश्वास गर्नुहुन्छ। त्यो विश्वासको सम्मान गर्न हामी तयार छौं। तर मेरो अनुरोध छ हामीलाई त्यो अवसर दिनुहोस्। समयमै आउनुहोस्, सोध्नुहोस्, ढुक्क हुनुहोस्। जन्डिस रोग होइन, धेरैजसो अवस्थामा एउटा सामान्य अवस्था हो। तर भ्रम खतरनाक हुन सक्छ। भ्रमले हामीलाई सही उपचारबाट टाढा राख्छ।

सुरक्षित नवजात, स्वस्थ भविष्य। 🙏

– डा. सन्दिप केसी
# Copied

03/03/2026

होलीको रंगहरु जस्तै हजुरहरुको जीवन पनि रंगमय बनोस् ❤
सम्पूर्णलाई फागु पुर्णिामा तथा होलीको शुभकामना 🥰🫂🫶
Happy Holi ♡✿

Want your practice to be the top-listed Clinic in Rupandehi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Tilottama-5, Manigram
Rupandehi