Advance Hospital pvt.Ltd.
09/08/2023
Important Dengue Awareness Post: लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग देशको बिभिन्न जिल्लाहरुमा यतिबेला फैलिएको छ। ज्वरो आउने, ज्यान गल्ने, आंखाको गेडी बरपर दुख्ने, मंसपेशी एंव जोर्नीको दुखाई यसका प्राय देखिने सामान्य लक्षणहरु हुन भने पेट दुख्नु, वान्ता हुनु, वान्तामा रगत देखिनु, नाक मुख वाट रगत बग्नु, यि लक्षण सॅंगै अल्मलिन थाल्नु, डेंगी रोगको खतराको लक्षण हुन।
यसबाट कसरी बच्ने?
मु्ख्य कुरा लामखुट्टेको टोकाई बाट बच्ने उपाए अपनाउनु जस्तै सुत्दा झुलको प्रयोग गर्ने वा कुनै कमर्सियल रिपेलेन्टको प्रयोग गर्ने वा घरमा जालीको झ्याल, ढोका प्रयोग सकिन्छ। तर केमिकल युक्त कमर्सियल रिपेलेन्टको प्रयोगले स्वास्थ्यमा अन्य हानी गर्ने हुदा झुलको प्रयोग गर्नु नै उत्तम उपाय हो।
दोस्रो, लामखुट्टेको प्रजनन नै कम गराउने उपायहरु अपनाउ सकिन्छ जस्तै; सामान्यता डेंगी फैलाउने लामखुट्टेले लामो समयसम्म जम्मा भएर बसिरहने फोहेर पानी जस्तै; घर वरिपरीको खाल्टो, नाली, थोत्रो फालिएका टायर, फालिएका कवाडी भाडा वा सामानहरुमा जम्मा भएर बसेको पानी, प्रयोग नभएको ट्वाईलेट, लामो समयसम्म घरमै स्टोरेज गरेर राखिएको पानी लगाएतको जमेर बस्ने पानीमा प्रजनन गर्ने गर्छ। तसर्थ घर वरिपरी पानी जमेर बस्ने खालको खाल्टो पुर्ने, कुनै पनि स्रोतमा पनि जमेर बस्न नदिएर लामखुट्टोको प्रजज घटाउनु पनि डेंगी रोकथामको अर्को उपाय हो।
तेस्रो, एउटा डेंगी लागेको बिरामी लाई टोकेर, अर्को ब्याक्तीमा सोही लामखुट्टेले टोक्यो भने मात्र डेंगी रोग
एक व्याक्तीबाट अर्कोमा सर्ने गर्छ। तसर्थ डेंगी लागेको बिरामीले झुल प्रयोग गर्दा परिवारको अन्य सदस्यमा यसको संक्रमण रोक्न सकिन्छ। सबै डेंगी बिरामीमा लक्षण देखिन्छ नै भन्ने छैन। तसर्थ यस्तो संक्रमणकालिन समयमा जो कोहिलाई डेंगु हुन सक्ने कुरा ध्यानमा राखेर लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। बिरामी सॅंग संगै बसेर, हात मिएर, श्वास प्रश्वास बाट अर्को ब्याक्तीमा डेंगी सर्दैन। तर अहिलो कोभीडको पनि समस्या रहेको हुदा कोभिड रोकथामको उपायहरु चाही अपनाउनु पर्छ।
उपचार के गर्ने ?
यो रोगकै लागी मुख्य औषधी त छैन तर यसका विभिन्न उपचार पद्दती चाही उपलव्ध छन। “सामान्यता औषधी नै बनेको रहेनछ, के डाक्टरलाई लाई देखाउनु” भन्ने खालको धारणा बनाउन हुदैन। डेंगीको लक्षण भए कम्तिमा एकपल्ट आफ्नो समस्या लिएर डाक्टरको परामर्श लिनुपर्छ। उपचारको नाममा बजारमा चलेको हल्लाहरुलाई, हल्लाकै रुपमा लिनुहोला। यस्ता कुराहरुले स्वास्थ्यमा अन्य असरहरु गर्न सक्छन।
तपाई डेंगी लागेर वा डेंगीसॅंग मिल्दो जुल्दो लक्षण लिएर घरमै आराम गर्नुभएको छ भने, घरमै ब्लड प्रेसर भने नियमित रुपमा जाच्नुपर्छ, ब्लड प्रेसर कम भएको खण्डमा तुरुन्त अस्पताल गई डाक्टर सॅंग परामर्श लिनुपर्छ।
डेंगीसॅंग नआत्तीनुस, हेलचेक्रई नगरौ। आफु बाचौ, सबैलाई बचाऔ।
07/07/2023
निशुल्क स्वास्थ्य शिविर,,,,,, मौका को फाईदा उठाउनुहोस्
19/09/2022
👉बाल रोग अनुभवी डॉक्टर
👉MBBS (Nepal Medical College, KTM jorpatti)
👉 एड्भान्स अस्पतालमा अब २४ घन्टा सेवा उपलब्ध छ।
खडक न.पा.-७, कल्याणपुर (सप्तरी)
19/09/2022
Advance Hospital एड्भान्स अस्पताल प्रा.लि. Kalyanpur saptari, khadak,07
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Kalyanpur Veg Market Road
Rajbiraj
56414