Namaste Pyuthan

Namaste Pyuthan

Share

22/05/2026

झिमरुकको स्थानीय उत्पादन!
प्युठानको झिमरुक गाउँपालिका - ५ ओखरकोटस्थित ओखरकोट चोयाचित्रा उद्योगमा बाँसबाट बनाईएका आकर्षक सोफा,टेबल र कुर्सीहरु।

22/05/2026

सुधन गुरुङले आफू विरु"द्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्।

22/05/2026

टन्टलापुर घाममा संघर्ष : सुख्खा रोटी पानीमा भिजाएर पेट भर्ने युवकको पीडा 😢
परिवारको पेट पाल्न गाउँ–गाउँ डुल्दै महिलाका साना श्रृंगारका सामान बेचिरहेका एक युवकको पीडादायी दृश्यले धेरैको मन छोएको छ । टन्टलापुर घाममा दिनभर हिँडिरहेका ती युवक बाटोछेउको धारामा बसेर सुख्खा रोटी पानीमा भिजाउँदै भोक मेटाइरहेका देखिएका थिए ।
बिहानदेखि केही नखाई हिँडेका उनी थकित देखिन्थे, तर अनुहारमा परिवारप्रतिको जिम्मेवारी स्पष्ट झल्किन्थ्यो । अभाव, थकान र चर्को घामबीच पनि उनको एउटै लक्ष्य थियो—साँझ घर पुग्दा परिवार भोकै नबसोस् ।
सामान बेच्दै गाउँ–गाउँ डुल्ने ती युवकको संघर्षले समाजको यथार्थ चित्रण गरेको छ । पानीमा रोटी भिजाएर चुपचाप खाइरहेको त्यो दृश्यले धेरैलाई भावुक बनाएको छ । वास्तवमा, संसारमा कतिपय मानिस ठूला सपना होइन, केवल परिवारको भोकसँग लडिरहेका हुन्छन्… 💔

18/05/2026

महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा आर्थिक वर्ष ०८१/०८२ को बेरुजु स्थिति ।

१) प्युठान नगरपालिका - १,६७,९५,०००/-
२)स्वर्गद्वारी नगरपालिका - १,३६,०६,०००/-
३)ऐरावती गाउँपालिका - ४२,८०,०००/-
४)गौमुखी गाउँपालिका - १,२३,८५,०००/-
५)झिम्रुक गाउँपालिका - ६८,९५,०००/-
६)नौबहिनी गाउँपालिका - ५६,९०,०००/-
७)मल्लरानी गाउँपालिका - १,०४,४६०००/-
८)माण्डवी गाउँपालिका - ५१,४२,०००/-
९)सरुमारानी गाउँपालिका - २१,३७०००/-

14/05/2026

अनिमेष लामिछानेको शरीरको हड्डी ६० पटक भन्दा धेरै पटक भा"चियो (Osteogenesis Imperfecta) तर उनले हार मानेनन् । अस्पतालको बेड र प्लास्टरको पीडाले उनलाई धेरै पटक रोक्न खोजेपनि उनको हिम्मत र आत्मविश्वासलाई रोक्न सकेन । उनले निरन्तर आफ्नो पढाईलाई निरन्तरता दिइरहे र अन्ततः यस वर्षको SEE परिक्षामा ३.३७ GPA ल्याउन सफल भएका छन् । ❤️

05/05/2026

Suman Raj Shrestha

30/04/2026

नगर प्रवक्ता श्रेष्ठको अनुरोध:

प्युठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठले आज प्युठान नगरपालिका - २ का किसानहरुलाइ मेहनत गरि कृषि कर्ममा लाग्न अनुरोध गर्दै स्थानीय सरकारका तर्फबाट आफ्नो र प्युठान नगरपालिकाको अर्थपूर्ण सहभागीता रहने जनाउनुभएको छ।

20/04/2026

दोषीलाइ कारबाही गर!
मजदुरलाइ न्याय दे!!

जिल्ला प्रशासन कार्यालय प्युठान Suman Raj Shrestha

Photos from Namaste Pyuthan's post 17/04/2026

निर्माण उद्योगमा आपतकाल लगाउन निर्माण ब्यबसायी संघ प्यूठानको माग !

13/04/2026

हार्दिक शुभकामना!

नववर्ष २०८३ को अबसरमा देश बिदेशमा रहनुभएका नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नया वर्ष संगै नया उर्जा, प्रेरणा र तपाइहरुको आशीर्वाद साथ बिगत वर्षहरु जस्तै समाज, देश र दुनियाँलाइ अगाडी बढाउने सवालमा प्रतिबद्ध छु। निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु।
Raj Shrestha #

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Website

Address


Bijay Nagar/3
Pyuthan