Desh Pradesh Update

Desh Pradesh Update

Share

13/02/2026

लोकप्रियता खोज्ने राजनीति अहिले नेपालमा फेसन बनेको छ।

31/01/2026

प्युठानमा ९ हो कि १० वटा पालिका ।
प्युठानमा १० वटा पालिका भएको बताउनुभएछ नेपाली कम्युनिस्ट पार्टी नेत्री रेखा शर्माले ।

14/06/2025

विदेशबाट फर्किने नेपालीले के-के ल्याउन पाउँछन् ?
नयाँ नियमअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र नेपाल फर्किएका नेपाली नागरिकलाई निम्न विशेष छुट दिइएको छ ।

मोबाइल फोन: कम्तीमा ६ महिना लगातार काम गरी फर्किएका नेपालीले आफूले प्रयोग गरेको एक थान मोबाइलबाहेक थप एक थान नयाँ मोबाइल फोन पनि पूर्ण भन्सार छुटमा ल्याउन पाउनेछन् ।

टेलिभिजन: कम्तीमा १२ महिना काम गरी फर्किएका र सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेका नेपालीले जुनसुकै आकार वा प्रकारको एक थान टिभी पूर्ण भन्सार छुटमा ल्याउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका भए पनि १२ महिना कार्य अनुभव प्रमाणित गरे ३२ इन्चसम्मको टिभीमा छुट पाइनेछ । यो सुविधा जीवनभरमा एकपटक मात्र पाइने र अभिलेख राखिने उल्लेख छ ।

त्यस्तै वैदेशिक यात्राबाट फर्किने सबै नेपाली नागरिकले व्यक्तिगत प्रयोगका लागि निम्न सामग्रीमा पूर्ण भन्सार छुट पाउने छन्:

एक-एक थान: ल्यापटप वा ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन (आफूले प्रयोग गरेको) ।

व्यक्तिगत सामग्री: प्रयोग गरिएका लुगाफाटा, ओछ्यान-बिछ्यौना, घरायसी सामग्री आदि ।

अन्य: बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तताका सहायक उपकरण, ७ केजीसम्म खाद्य परिकार र १ लिटरसम्मको मदिरा ।

महसुल तिरेर ल्याउन पाइने अन्य सामग्री

नेपालमा स्थायी बसोबास गर्ने नेपालीले यी सामग्री महसुल तिरेर ल्याउन सक्नेछन्:

घरायसी सामग्री: टिभी, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पङ्खा (एक/एक थान) ।

साना उपकरण: मिक्सर, जुसर, सिलाइ मेसिन, आइरन, राइस कुकर (दुई/दुई थान) ।

लत्ताकपडा र सौन्दर्य सामग्री: पाँच/पाँच थानसम्मका कपडा, जुत्ता, कस्मेटिक सामग्री ।

खाद्य सामग्री: अधिकतम १० केजीसम्म ।

६ महिनाभन्दा बढी विदेश बसेका नेपालीले १५ हजार रुपैयाँसम्म र एक वर्षभन्दा बढी बसेकाले २५ हजार रुपैयाँसम्म मूल्यका सामग्रीमा थप छुट पाउनेछन् ।

विदेशी पर्यटकका लागि के छ व्यवस्था ?

नेपाल प्रवेश गर्ने वा बाहिरिने विदेशी यात्रुहरूले निम्न सामग्रीहरू भन्सार छुटमा ल्याउन वा लैजान सक्नेछन्:

एक-एक थान: दूरबिन, ट्याबलेट वा ल्यापटप, क्यामरा, मोबाइल, घडी, पोर्टेबल म्युजिक सिस्टम, साइकल ।

मदिरा: १ लिटर वा १२ क्यान बियर ।

चुरोट/सुर्ती: २०० चुरोट, ५० सिगार वा २५० ग्राम सुर्ती ।

अन्य: १०,००० रुपैयाँसम्मको औषधि, ५,००० रुपैयाँसम्मको खाद्य परिकार, २,००० रुपैयाँसम्मको ताजा फलफूल ।

योसँगै नेपाल प्रवेश गर्दा पाँच हजार अमेरिकी डलरभन्दा बढी मूल्यको विदेशी मुद्रा वा ट्राभलर्स चेक भएमा भन्सार बिन्दुमा घोषणा अनिवार्य गरिएको छ ।
भन्सारमा घोषणा नगरी लुकाइछिपाई ल्याइएका सामग्री जफत गरी प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pyuthan
22300