Astrologer Rajkumar
13/04/2026
संक्रान्ती दोष के हो? कसको संक्रान्ती कहाँ पर्यो? संक्रान्ती दोषको उपाय
ज्यो. राजकुमार आचार्य
पोखरा१७ बिरौटा
9846514305
महिनाको पहिलो दिनलाई संक्रान्ती भनिन्छ। संक्रान्ती खासगरी सुर्य कुनै राशिमा प्रवेश गर्दाको समय हो। हाम्रो आकाशमण्डलमा जम्मा बाह्र वटा राशीहरू रहेका छन्। सुर्यको भ्रमण यीनै बाह्र राशिहरूमा हुनेगर्छ जसलाई रविमार्ग पनि भन्ने गरिन्छ। एक राशिको सुर्यको भ्रमण समय औषतमा ३० दिनको रहेको हुन्छ जसलाई महिना भन्ने गर्छौ र यसैगरी बाह्र राशिमा भ्रमण गर्दा लागेको समय एक वर्ष हुने गर्छ। यसरी नै एउटा राशी देखि अर्को राशिमा प्रवेश गरेको पहिलो दिनलाई संक्रान्ती भनिन्छ।
निरायण सुर्य साधना गर्दा मेषको पहिलो अंशमा रहेको सुर्यको स्थितिमा दिन र रात बराबरको बिन्दु मानिन्छ यद्यपि सायन वा प्रतक्ष सूर्यको स्थितिमा भने अयनांश मान जोड्नुपर्छ। मेषको पहिलो अंशमा सूर्य प्रवेश गर्दा दिन र रात बराबर हुने भएकोले यसलाई विषुवत पनि भनिन्छ। वर्षमा मेषको राशी प्रवेश र तुलाको राशी प्रवेश गर्दाको दिन गरि दुईवटा विषुवत पर्दछन्। जसमध्ये वैशाख १ मेष विषुवतको दिन हो। यो दिन वैज्ञानिक तथा खगोलीय दृष्टिकोणले पनि अति महत्त्वपूर्ण दिन हो।
यसै सन्दर्भमा पृथ्वीको मौसम लगाएत अन्य घटनाक्रमका लागि चन्द्रमा पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। तिथि अनुसार चन्द्रमाका दिनहरूलाई लिएर चन्द्रमाको महिना गणना गरिन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वीले सुर्यलाई परिक्रमा लगाएको हुन्छ र सापेक्षितरूपमा चन्द्रमाले पनि सुर्यसँग सम्बन्ध राख्छ। यीनै सुर्य र चन्द्रमाको स्थिति अनि संक्रान्ती लाग्दाको समय र दिनमान आदि नियमको अनुसार सुर्य नयाँ राशिमा प्रवेश गर्दाको दिनको नक्षत्रहरूको स्थानको गणना गरि संक्रान्ती शरीरको कुन अङ्गमा पर्यो त्यसैको आधारमा संक्रान्ती दोष छ कि छैन भन्ने कुरा निर्धारण गरिन्छ जसलाई हामी मेष विषुवत फल भनेर बुझ्दछौ। प्रत्येक महिनाको संक्रान्ती दोष वा संक्रान्तीको स्थान हुनेगर्छ। सबै संक्रान्ती नमाने पनि नयाँ वर्ष लाग्ने भएर बैशाख अर्थात् मेषसंक्रान्तिलाई भने सबैजसोले हेर्ने र दोष भएको भए निवारण गर्ने तर्फ लाग्दछन्।
विशेष त संक्रान्तीलाई राशिको नाम बाट नक्षत्रहरू पहिचान गरि उक्त नक्षत्रहरू शरिरको कुन कुन अङ्गमा परेका छन् भन्ने कुराको जानकारी लिई थाहा पाउँन सकिन्छ। शिर, मुख, हृदय, दायाँ हात, बायाँ हात, दायाँ पाउ र बायाँ पाउ गरि यी अङ्गहरूमा नक्षत्रहरूको स्थान रहेको हुन्छ। संक्रान्ती नक्षत्रको स्थानको आधारमा शुभ र अशुभ भन्ने कुरा जान्न सकिन्छ। शुभ रहेको छ भने स्नान दान आदि गरि नयाँ कार्य एवम् पुरै वर्ष शुभ छ भन्ने सोचि सकारात्मकताका साथ अगाडि बडिन्छ भने अशुभ रहेको भए गङ्गा स्नान, दान धर्म गर्दै दोष निवारण गरिन्छ।
२०८३ को मेषविषुवत संक्रान्ती कसको कहाँ परेको छ र यसको फल
राशीको नाम वा नक्षत्र अनुसार संक्रान्ती कहाँ पर्यो दोष छ कि छैन भन्ने विवरण-
१. ज्येष्ठा, मूल, पूर्वाषाणा, उत्तरषाणा, श्रवण, धनिष्ठा, शतभिषा
राशीको नामको अक्षर- नो या यी यू, ये यो भा भी, भू ध फा ढा, भे भो जा जी, खी खू खे खो, गा गी गू गे, गो सा सी सू
स्थान-शिर
फल- मानसम्मानको वृद्धि, भूमिलाभ, स्थानबृद्धी
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्दैन)
२. नक्षत्र- स्वाती, विशाखा, अनुराधा
राशीको नामको अक्षर- रू रे रो ता, ती तू ते तो, ना नी नू ने
स्थान- मुख
फल- पदोन्नति, पाण्डित्यम्
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्दैन)
३. नक्षत्र- मघा, पूर्वफाल्गुनी, उत्तरफाल्गुणी, हस्ता, चित्रा राशीको नामको अक्षर- मा, मी, मू, मे, मो, टा, टी, टू, टे, टो, पा, पी, पु ष ण ठ, पे पो रा री
स्थान- हृदय
फल- धनबृद्धी, सुख प्राप्ती, ऐश्वर्य
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्दैन)
४. नक्षत्र- पुनर्वसु, तिष्य, अश्लेषा
राशीको नामको अक्षर- के, को, हा, ही, हू हे, हो, डा, डी, डू, डे, डो
स्थान- दायाँ हात
फल- स्त्रीलाभ, ब्यापारबृद्धी
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्दैन)
५. नक्षत्र- अश्विनी, भरणी, कृतिका
राशीको नामको अक्षर- चू, चे, चो, ला, ली लू ले लो, अ, ई, ऊ, ए
स्थान- दायाँ पैताला
फल- भ्रमण, यात्रा, विजय
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्दैन)
६. नक्षत्र- रोहिणी, मृगशिरा, आद्रा
राशीको नामको अक्षर- ओ, वा, वी, वू, वे वो का की, कु, घ, ङ, छ
स्थान- बायाँ हात
फल- दरिद्रता, धनहानी
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्छ संक्रान्ती शान्ती गर्नुपर्छ)
७. नक्षत्र- पूर्वभाद्रपदा, उत्तरभाद्रपदा, रेवती
राशीको नाम- से सो दा दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
स्थान- बायाँ पैताला
फल- कष्ट, अप्ठ्यारो, चुनौती
(यी नामाक्षरलाई संक्रान्ती दोष लाग्छ, संक्रान्ती शान्ति गर्नुपर्छ।)
संक्रान्ती दोष शान्ती गर्ने उपायहरू
- देब्रे हात र देब्रे खुट्टामा परेको संक्रान्तिले अशुभ फल दिने गर्छ त्यसैले यो दोष नलागोस् भनेर बैशाख संक्रान्तिको दिनमा विभिन्न कार्यहरू गर्न सकिन्छ। विशेष त गङ्गा स्नान गर्ने, पूजा गर्ने, भगवानलाई बस्त्र भेटी चढाउँने, सूर्यलाई जल अर्पण गर्ने, भोका दरिद्र आदिलाई खानेकुरा दान गर्ने, सेवा गर्ने जस्ता कार्यहरू गर्नाले यो दोषबाट मुक्ति पाउँन सकिन्छ र कुनै पनि त्यस्तो अशुभ फल मिल्दैन।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Address
Pokhara