OMIN HOUSE

OMIN HOUSE

Share

30/04/2025

राति सुत्नुभन्दा पहिले यी १० कामहरू गर्नुहोस्।

१. दिनभरि काे समीक्षा गर्नुहोस्।

आज के-के राम्रो भयो र के सुधार गर्न सकिन्छ भनेर शान्त मनले सम्झनुहोस्।
(आफ्नै गल्ती र उपलब्धि स्वीकार्नु ठूलो कुरा हो।)

२. आभार प्रकट गर्नुहोस् (Gratitude)।

आज दिनभरि भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति मनदेखि धन्यवाद भन्नुहोस्।

३. सबै चिन्ता कागजमा लेखेर टुक्र्याउनुहोस्।

टाउकोमा बोकेका चिन्ताहरू लेखेर छुट्ट्याउनुहोस्। लेखेपछि मन हलुका हुन्छ।
(“भोली समाधान गर्ने छु” भनेर आफूलाई आश्वासन दिनुहोस्।)

४. मोबाइल/स्क्रिन टाढा राख्नुहोस्।

सुत्नुअघि कम्तीमा ३० मिनेट पहिल्यै मोबाइल, टीभीजस्ता स्क्रिनबाट टाढा बस्नुस्।
(यसले निन्द्रा राम्रो बनाउँछ।)

५. हल्का ध्यान वा श्वास-प्रश्वासको अभ्यास गर्नुहोस्।

५ मिनेट गहिरो श्वास लिएर छोड्ने अभ्यासले मन र शरीर दुवै शान्त हुन्छ।

६. भोलीको योजना तयार गर्नुहोस्।

भोलिको महत्वपूर्ण ३–५ कामहरूको सूची (To-Do List) छोटकरीमा लेख्नुस्।
(यसले तपाईंको मस्तिष्कलाई सजिलै विश्राम दिन्छ।)

७. आत्मालाई माफ गर्नुहोस्।

आफूले गरेको गल्तीका लागि आफैंलाई माफ गर्नुहोस्। अरुलाई पनि मनमनै क्षमा दिनुहोस्।
(रातको निन्दा शान्त र मीठो हुन्छ।)

८. प्रेरणादायी पुस्तक पढ्नुहोस्।

सुत्नुअघि ५–१० मिनेट सकारात्मक, ज्ञानवर्द्धक वा आत्म-सुधारको किताब पढ्नुस्।

९. सफा र शान्त वातावरण बनाउनुहोस्।

आफ्नो कोठा सफा राख्नुहोस्। सजिलो, न्यानो ओछ्यान र हल्का सुगन्धले निन्दा गहिरो बनाउँछ।

१०. आफैंलाई प्रेम गर्नुहोस्।

निदाउनु अघि आफूलाई एउटा मीठो सन्देश दिनुहोस्:
("म आज पनि अघि बढेँ। म आफूलाई माया गर्छु। म सक्षम छु।" )

यी अभ्यासहरूले तपाईंको रात शान्त, निन्द्रा गहिरो, र भोलिपल्टको ऊर्जा अत्यन्तै उच्च बनाउनेछ।
जीवनमा ठूलो परिवर्तन सानोतिनो बानी सुधारले नै ल्याउँछ। 🌉

26/04/2025

Know this well

17/04/2025

मानिसको प्रकृती अनुरुपका केही मनोवैज्ञानिक रहस्यहरू ::

१. धेरै सुत्नेहरू – उनीहरू भित्र निराशा निदाइरहेको हुन्छ ।
२. साना कुरामा रुनेहरू - उनीहरूको मनमा कुनै गहिरो घाउ लुकेको हुन्छ ।
३. धेरै हाँस्नेहरू – प्रायः एक्लोपनले मुस्कान ओढेका हुन्छन ।
४. बारम्बार झूट बोल्नेहरू - असुरक्षाको छायाँमा लुकेका हुन्छन्।
५. कम बोल्नेहरू – मौनतामा पनि उनीहरू बलियो हुन्छन् ।
त्यसैले हरेक संकेत एउटा कथा हो – सुन्ने आँखा र बुझ्ने मन चाहिन्छ ।

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


POKHARA
Pokhara
+977