Indreni Nepal
Source लगाउन खोजेपछि: प्रधानमन्त्री बालेन शाहलाई अनाधिकृत तरिकाले मुख्य सचिव बनाइदिन वा राजदूत बनाइदिन भनेर direct मेसेज गरेको आरोपमा एकजना सचिवलाई प्रहरीले सामान्य सोधपुछ गरी पठाएको छ भने सम्बन्धित निकायलाई प्रधानमन्त्री कार्यालयले कानुन बमोजिम हेर्न आग्रह गरेको छ।
Source: RONB
05/06/2026
ज्ञानेन्द्र शाही लेख्नु हुन्छ: “नेपाली कांग्रेस ,नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीलाई मेरो अपिल नमस्कार" सबैमा प्रतिपक्षको भूमिका भनेको सधैँ सरकारको विरोध गर्नु मात्र होइन। सरकारले गरेका राम्रा र जनहितका कामलाई खुलेर समर्थन गर्नुपर्छ, किनकि सकारात्मक कामको प्रशंसा प्रजातन्त्रको स्वस्थ अभ्यास हो।
देशभन्दा माथि कुनै दल छैन, र राष्ट्रहितभन्दा ठूलो कुनै स्वार्थ छैन।
त्यसैगरी, राष्ट्रियता, सुशासन र जनहितका सवालमा सरकार कमजोर वा चुकेको ठाउँमा प्रतिपक्षले खबरदारी गर्नु, सचेत गराउनु र सही बाटो देखाउनु पनि उत्तिकै आवश्यक छ।
नेपाल कुनै एक दल, एक सरकार वा एक व्यक्तिले मात्र बनाउने होइन। सरकार, प्रतिपक्ष, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा प्रयास, सहकार्य र जिम्मेवारीबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। आलोचना पनि गरौँ, तर देश बनाउने उद्देश्यसहित; समर्थन पनि गरौँ, तर विवेकका साथ।"
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Baidam
Pokhara
33700