We Support Balen
24/06/2023
जीवन चलाउने क्षमताका लागि शिक्षामा सिप :
भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा आज शुक्रवार सञ्चालन हुने ‘शिक्षामा सिप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल) लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्।
कागजको प्रयोगबाट विद्यार्थीहरूले चराको मोडेल (नमूना) निर्माण गर्दै विभिन्न प्रजातिको चरा चिन्न सक्ने र भन्न सक्ने सिप सिकिरहेका छन्। Book Free Friday कार्यक्रमअन्तर्गत प्राथमिक तहको कक्षा ४ का ३६ जना विद्यार्थी ९ समूहमा चराको नमूना चित्र हेरी कोलाजमा अभ्यास गर्दै थिए। कोलाजद्वारा एउटा चराको नमुना निमार्ण गर्न करिब ९० मिनेट समय लागेको थियो।
त्यस क्रममा विद्यार्थीहरूको सहभागिता उत्साह जनक रहेको पाइयो। उनीहरु आ–आफ्नो समूहमा आफूले देखेका चराहरूको नाम, आकार र रङ्गका बारेमा छलफल चरा चिन्ने ज्ञान अभ्यास गर्दै थिए। कार्यक्रमका लागि महानगरले अघिल्लो हप्ता नै शिक्षकहरूलाई तालिम दिएको थियो।
कोटेश्वरमा रहेको सरस्वती माध्यामिक विद्यालयमा कृषि तथा सहरी खेती, फेसन डिजाइन तथा कपडा निर्माण बारे तालिम सञ्चालन भइरहेका छन्। कृषि तथा सहरी खेतीको बारेमा तालिम लिने विद्यार्थीहरू यो शुक्रवार स्थलगत नर्सरी अवलोकनको लागि गए। विद्यालयमा ६ कक्षामा अध्ययनरत विद्यार्थीहरू नेपाल भाषाकव प्रशिक्षकहरूसँग बालाजु गए। बिद्यालयमा Book Free Friday अन्तर्गत निबन्ध लेखन, हस्तकला लेखन प्रतियोगिता भयो। विद्यालयमा १ बजेको पछि कक्षा ३ सम्मका विद्यार्थी Fun, Play & Learn अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी भए।
कक्षा १० मा बालबालिकाको खाना छनोटले पोषणमा पर्ने प्रभावको बारेमा डाक्टर स्तुती मानन्धरले जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नु भएको थियो। विद्यालयले शुक्रबारलाई तालिका र योजनामा चलाइरहेको छ।
सचिवालयका साथीहरू विभिन्न विद्यालयमा अनुगमनको लागि जानु भएको थियो।
पहिलो चरणमा शिक्षामा सिप कार्यक्रम समापनको क्रममा छ। शिक्षामा सिप कार्यक्रमको बारेमा विद्यार्थीहरू सँग अन्तरक्रिया गर्दा कक्षा कोठामा पढाइने विभिन्न साध्य (सिद्धान्त) हरुको उपयोगिता थाहा पाएको, आफूमा व्यावहारिक ज्ञानले गर्दा आत्मविश्वास बढेको सँग सँगै भविष्यमा विभिन्न करियरका विकल्पहरूको बारेमा अवगत भएको जनाए।
हामी विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गरिरहेका छौँ। यसका लागि पाठ्यक्रम आधार हो, सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्छौं।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara
33700