Community Impact Nepal
17/04/2026
Community Impact Nepalका तर्फबाट हामी हाम्रो परियोजना “Livelihoods Improvement and Disaster Resilience Enhancement in Earthquake-Affected Areas of Jajarkot.” अन्तर्गतको एउटा महत्वपूर्ण प्रगति साझा गर्न पाउँदा खुशी छौं। UN-Habitat Nepal सँगको सहकार्यमा हामी चुनौतीहरूलाई दीर्घकालीन र व्यवहारिक समाधानतर्फ रूपान्तरण गर्दै अघि बढिरहेका छौं। यसपटक हाम्रो ध्यान होली पिपल क्षेत्रमा रहेको सिँचाइ संरचनामा केन्द्रित छ।
स्थानीय सडक निर्माणले यातायातलाई सहज बनाएको भए पनि यस क्रममा होली पिपलको पुरानो सिँचाइ कुलो क्षतिग्रस्त हुन पुगेको थियो। जसका कारण खेतबारीमा आवश्यक पानीको आपूर्ति अवरुद्ध भई स्थानीय कृषिमा निर्भर परिवारहरूको दैनिकी प्रभावित भएको थियो।
🛠️ यस अवस्थालाई सुधार गर्न, Aashish Aditya Gautamको नेतृत्वमा हाम्रो प्राविधिक टोलीले स्तम्भको सहारामा सडक माथिबाट सुरक्षित रूपमा पार हुने उचाइयुक्त सिँचाइ कुलो (aqueduct) निर्माण गरिरहेको छ। यसले पानीको नियमित बहाव पुनःस्थापित गर्दै किसानहरूलाई आफ्नो खेतीपाती निरन्तरता दिन आवश्यक आधार सुनिश्चित गर्नेछ।
यो पहलले हाम्रो मूल उद्देश्यलाई अझ मजबुत बनाउँछ:
🟢 समुदायका लागि अत्यावश्यक पूर्वाधारको पुनःस्थापना
🟢 दीर्घकालसम्म टिक्ने तथा विपद् सहनसक्ने संरचना निर्माण
🟢 स्थानीय जीविकोपार्जनलाई दिगो र सुरक्षित बनाउने प्रयास
प्राविधिक समाधानलाई समुदायको आवश्यकता सँग जोड्दै, हामी जाजरकोट र रुकुम पश्चिममा थप सुरक्षित, सक्षम र दिगो भविष्य निर्माणतर्फ अग्रसर छौं।
-Habitat Nepal (United Nations Human Settlements Programme)
सिन्धुपाल्चोक, माझीगाउँकी "सरस्वती पौडेल" आफ्नो नयाँ घरमा सुरक्षित महसुस गरिरहनु भएको छ।
हाम्रो साझेदार संस्था Build up Nepal को सहकार्यमा निर्माण गरिएको Interlocking इट्टाबाट बनेको यो घरले उहाँलाई भूकम्पप्रति ढुक्क बनाएको छ, र उहाँ विश्वस्त हुनुहुन्छ कि भविष्यमा आउने कुनै पनि भूकम्पले उहाँको घर भत्काउन सक्ने छैन।
Community Impact Nepal सुरक्षित, बलियो र दिगो आवासमार्फत समुदायको आत्मविश्वास बढाउन प्रतिबद्ध छ।
15/01/2026
माघे सङ्क्रान्तिको पावन अवसरमा Community Impact Nepal, सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
हामी दिगो निर्माण, सुरक्षित आवास र सशक्त स्थानीय समुदाय निर्माणप्रति निरन्तर प्रतिबद्ध छौँ।
07/01/2026
With the support of the Government of Japan, UNDP Nepal leadership, and in coordination with UN-Habitat Nepal, Community Impact Nepal is working in partnership to support recovery efforts in Rukum West.
📍 Working Areas:
Aathbiskot Municipality and Sanibheri Rural Municipality, Rukum West
Preparations are underway for the construction and we look forward to the positive impact these initiatives will create in strengthening community resilience, improving livelihoods, and supporting local-level recovery.
Community Impact Nepal र Build up Nepal को सहयोगमा Nar Bahadur Bharati ले CSEB Interlocking इट्टा उत्पादन व्यवसाय सुरु गर्नुभयो। तालिम, प्राविधिक सहयोग र आवश्यक उपकरण पाएपछि उहाँले आफ्नै गाउँमा सुरक्षित घर निर्माण गर्दै रोजगारी सिर्जना गरिरहनुभएको छ। स्थानीय सीप र स्रोत प्रयोग गरेर समुदायलाई आत्मनिर्भर बनाउने उहाँको यात्रा आज धेरैका लागि प्रेरणा बनेको छ।
04/09/2024
उधमि बन्न इच्छुकहरुका लागि सुवर्ण अवसर!!
जाजरकोट भूकम्पबाट प्रभावित समुदायहरूका तत्काल आवश्यकताहरू पूरा गर्न र दीर्घकालीन उत्थानशीलता सिर्जना गर्न संयुक्त पुनःस्थापना कार्य योजना (JRAP) विकास गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) द्वारा २०२४ मा सुरु गरिएको यो योजना बेलायती राजदूतावास एफसीडीओ (FCDO) को आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघका चार निकायहरू – आइओएम (IOM), यूएनएफपीए (UNFPA), युनिसेफ (UNICEF) र डब्ल्यूएफपी (WFP) द्वारा संयुक्त राष्ट्र संघीय आवासीय संयोजकको कार्यालयको अगुवाइमा कार्यान्वयन गरिरहेको |
सो परियोजना सयुंक्त पुनर्लाभ कार्ययोजना (JRAP) अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जिल्लाकाे १३ वटै पालिकामा इन्टरलकिङ्ग इट्टा तथा ढुङ्गा काट्ने मेसिनकाे व्यवसाय सचांलन गर्न सहयाेग प्रदान गर्दैछ। साे परियाेजना अन्तर्गत:
13 वटा इन्टर्लकिङ्ग इट्टा बनाउने मसिन
13 ढुङगा काट्ने मेसिन
प्राविधिक सहयाेगका साथै अरु थुप्रै सहयाेग
आज नै ९८६१९७००२२ मा सम्पर्क गरि आवेदन दिएर अवसरकाे सहि सदुपयोग गर्नुहाेस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Mitra Marg, Chakupath
Patan
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |