Karan Chaudhary
01/05/2026
May the divine teachings of Lord Buddha inspire peace, wisdom, compassion, and harmony in every life. Happy Buddha Jayanti!
17/04/2026
आज मातातिर्थ औँशी।
बिहान पापाले एउटा समाचार पढ्नुभयो सिन्धुलीका १९ वर्षीय शिव सदा विराटनगरको अस्पतालमा उपचारपछि पनि डिस्चार्ज हुन पाएका थिएनन्, किनभने बिल तिर्ने पैसा थिएन। आमाले छोराको लागि पैसा खोज्न आफ्नो मोबाइलसमेत बन्धकी राखेर विराटनगरबाट पैदलै सिन्धुलीतर्फ लागिन् र सम्पर्कविहीन भइन्।
पापाले खबर पढ्नुभयो, सत्यता जाँच्नुभयो, बिल तिरिदिनुभयो। शिव आज घर फर्किए।
पछि मैले फोन गरेर सोध्दा पापाले भन्नुभयो "आज मातातिर्थ औँशी थियो। त्यो छोराले अस्पतालको बेडमा सुतेर आमाको प्रतीक्षा गरिरहेको हुँदा कस्तो महसुस गरेको होला? र मलाई मेरी आमाको याद आयो आज उहाँ स्वर्गबाट मुस्कुराइरहनुभएको होला।"
संलग्न तस्वीर पापा र हजुरआमाको हो धेरै पहिलेको। हजुरआमा अहिले हाम्रासँग हुनुहुन्न।
मलाई भाव छ, शब्द छैनन्। यत्ति मात्र थाहा छ यदि म उहाँको १% पनि बन्न सके भने, म एक राम्रो मान्छे बन्न सक्छु।
मातातिर्थ औँशीको शुभकामना, पापा। र हजुरआमा तपाईं आज मुस्कुराइरहनुभएको छ, मलाई थाहा छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Patan