Lok Sewa Preaparation information
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबारको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो ।
प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागु हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णयसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ |
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Panchkhal