SMS
17/07/2026
🚨 Breaking: एलपीएल २०२६ सुरु हुने दिनमै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी आबद्ध जाफना किङ्सका मालिक पक्राउ!
श्रीलंका प्रिमियर लिग (LPL) को फ्रेन्चाइज जाफना किङ्सका एक टोली मालिकलाई कथित म्याच फिक्सिङ सम्बन्धी आरोपमा श्रीलंका प्रहरीको स्पोर्ट्स क्राइम प्रिभेन्सन युनिटले पक्राउ गरेको छ।
यो लंका प्रिमियर लिगको इतिहासमा यस्तो घटना पहिलो पटक भने होइन। यसअघि पनि प्रतियोगितामा यस्तै विवादहरू सार्वजनिक भइसकेका छन्।
😶🌫️ लाग्छ, LPL को सिजन नै पूरा हुँदैन जबसम्म कुनै न कुनै विवाद बाहिर आउँदैन!
17/07/2026
एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग अन्तिम क्षणसम्म कडा प्रतिस्पर्धा गर्यो। निर्धारित २० ओभरमा दुवै टोलीले समान १०० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो।
सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य युएईले ३ बलमै पूरा गर्दै फाइनलमा स्थान बनायो। जित हात नपरे पनि नेपाली युवा टोलीले देखाएको संघर्ष, आत्मविश्वास र जुझारुपन प्रशंसनीय रह्यो।
17/07/2026
🇳🇵✈️ अब विश्वकप यात्राको अर्को अध्याय — गन्तव्य नेदरल्याण्ड्स!
जर्सीविरुद्धको दुई खेलको एकदिवसीय तयारी सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेल आफ्नो पक्षमा पारेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड्सतर्फ प्रस्थान गर्दैछ।
यस महत्वपूर्ण सिरिजमा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटको दौडलाई थप बलियो बनाउने अवसर भएकाले प्रत्येक खेल नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ।
जर्सी भ्रमणबाट उच्च मनोबलका साथ नेदरल्याण्ड्स पुग्ने नेपाली टोलीले त्यहाँ पनि विजयी लय कायम राख्ने विश्वास सबै समर्थकमा छ।
🇳🇵 नेपाली टोलीलाई सफल यात्राको हार्दिक शुभकामना!
🏏 नेदरल्याण्ड्सको मैदानमा पनि नेपालको झण्डा गर्वका साथ फहरियोस् र जितको यात्रा निरन्तर रहोस्! 💙🔥
16/07/2026
🚨 अगस्टमा नेपाल र न्युजिल्यान्ड 'ए' बीच टी-२० भिडन्त हुन सक्ने! 👀🏏
अष्ट्रेलियाको डार्विनमा अगस्ट २० देखि ३० सम्म आयोजना हुने २०२६ स्टडी एनटी टप एन्ड टी-२० सिरिजमा न्युजिल्यान्ड 'ए' टोली दोस्रो अन्तर्राष्ट्रिय टोलीका रूपमा सहभागी हुने निश्चित भएको छ। न्युजिल्यान्ड क्रिकेट (NZC) ले प्रतियोगिताका लागि बलियो New Zealand A टोली पठाउने पुष्टि गर्दै उपाधि जित्ने लक्ष्यसहित टोली पठाइने जनाएको छ।
यसअघि नेपाल पनि प्रतियोगितामा सहभागी हुने पहिलो अन्तर्राष्ट्रिय टोलीका रूपमा पुष्टि भइसकेको छ। त्यसैले प्रतियोगिताको तालिका सार्वजनिक भएपछि नेपाल र न्युजिल्यान्ड 'ए' बीच रोमाञ्चक टी-२० खेल हेर्न पाइने सम्भावना बलियो बनेको छ, यद्यपि खेल तालिका अझै सार्वजनिक गरिएको छैन।
गत संस्करणमा नेपालले बंगलादेश 'ए', पाकिस्तान 'ए' तथा बिग ब्यास लिग (BBL) का ६ टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै उच्चस्तरीय अनुभव हासिल गरेको थियो। यस वर्ष पनि टेस्ट राष्ट्रका 'ए' टोली र अन्य बलिया टोलीविरुद्ध खेल्ने अवसर नेपाली टोलीका लागि निकै महत्वपूर्ण हुनेछ।
यसैबीच, टप एन्ड टी-२० सिरिज सुरु हुनुअघि अगस्ट १३–१७ मा डार्विनमा अष्ट्रेलिया र बंगलादेशबीच टेस्ट खेल आयोजना हुनेछ। डार्विनमा २२ वर्षपछि पहिलो पटक टेस्ट क्रिकेट फर्किन लागेको हो।
15/07/2026
🚨 ग्लोबल क्वालिफायरको पुनरागमन... एउटा यस्तो प्रतियोगिता, जसले पछिल्ला वर्षहरूमा नेपाललाई धेरै सुखद सम्झना भने दिएको छैन! 🇳🇵🏏
नेपालले पछिल्लोपटक सन् २०१५ मा ICC पुरुष टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेको थियो।
त्यसपछि सन् २०१९ मा त नेपाल ग्लोबल क्वालिफायरमै पुग्न असफल भएको थियो।
तर अब परिस्थिति फेरिएको छ। टी–२० विश्वकप २०२८ का लागि नेपालले ग्लोबल क्वालिफायरमा प्रत्यक्ष स्थान सुरक्षित गरेको छ। 💪🇳🇵
यही प्रतियोगितामार्फत नेपालले सन् २०१३ को ग्लोबल क्वालिफायर पार गर्दै इतिहासमै पहिलो पटक ICC पुरुष टी–२० विश्वकप मा स्थान बनाएको थियो। ⭐
अब फेरि एकपटक त्यही ग्लोबल क्वालिफायरबाट विश्वकप यात्रा दोहोर्याउने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ। 🇳🇵🔥
15/07/2026
🎉🇳🇵 बधाई छ, टिम नेपाल!🏏
घरेलु टोली जर्सीविरुद्धको दोस्रो अभ्यास एकदिवसीय खेलमा नेपाल डी/एल विधिअनुसार ७ रनले विजयी हुँदै दुई खेलको सिरिज २–० ले आफ्नो नाम गर्न सफल भएको छ।
२८३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकियो। मौसममा सुधार नआएपछि खेल पुनः सुरु हुन नसक्दा डी/एल विधिअनुसार नेपाल विजेता घोषित भयो।
यसअघि पहिलो खेलमा पनि नेपालले ८१ रनको प्रभावशाली जित निकालेको थियो। लगातार दुई उत्कृष्ट प्रदर्शनसँगै नेपाली टोलीले आत्मविश्वासका साथ सिरिज समाप्त गरेको छ। 👏🇳🇵
हार्दिक बधाई, टोली नेपाल! अझ उत्कृष्ट यात्राको शुभकामना। ❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Narayanghat