Bhim Bohara
Trip from Bhairawa to Kathmandu .
03/09/2024
बुवाको लास छोपेर पासपोर्ट लिन लाईनमा बसेकी आसिका …
समाजसेवी आसिका तामाङको बिगत : भागेर जानू भएकी आमाबाट तिन चोटि चोरेर ल्याउनु भाको रे मलाई, किन कि म दुबै जाना को पहिलो माया को चिनो थिए, म जुन घर मा जन्मिए र हुर्केको थिए पछि ठुली भए पछी थाहा भो त्यो त अरु कसैको घर पो रहेछ ! बुबा त जमिनदारको घरमा कामदारको रुपमा पो बस्नु भएको रहेछ ।रिचोकटार, मलेखु सबै तिर मेरो बुबा लाई " भोटे काइला" भनेर बोलाउने थिए, सानोमा म रोएको देख्न नसकेर बुबाले हलो जोत्दा पनि पछौरिले ढाडमा बोकेर काम गर्नु हुन्थ्यो रे, राती आमाको दुध खान खोजेर बुबा लाई रातीभरी सुत्न दिदैन थिए रे । ज्याला मजदुरि काम गरि मेरो र आफ्नो पेट पाल्नु हुन्थ्यो, पछि बुबाले धेरै श्रीमतीहरु ल्याउनु भो कोहि बस्न मानेनन् सबै बुबा ले कमाउनु भएको लिएर भाग्ने मात्र ।पछि अन्तिममा चाहिँ एक जाना टिक्नु भो र दुई भाइ छोरा र एक छोरी भए । तर पनि बुबाले सबैभन्दा बडी माया मलाई गर्नु हुने आभास हुन्थ्यो, आफुले एक क्लास नपढेको भए पनि मलाई पढाउन हर किसिमले तल्लीन हुनुहुन्थ्यो, आफूले पढाउन सक्ने हैसियत नभए पछि मलाई चितवन अरुको घरमा काम गर्दै पड्ने गरि देखि मलेखु स्कुलमा छात्रवृत्ति प्राप्त गर्न देखि मैले काठमाडौंमा नर्स पढ्न उहाँले धेरै सँग बित्तीभाउ देखि अरुको खुट्टा ढोग्ने काम गर्नु भाको देखे, नर्सिङ सकियो । बुबाले भन्नू भो त बिदेशमा गएर पैसा कमाको र त चडेको प्लेन हेर्नू मेरो सपना हो भन्नू भो र मलाई जर्मनी एम्बेस्सीले फोन गरेर भिसा लिन बोलाको दिन म मेरो बुबाको लास कोठामा छोपेर पासपोर्ट लिन लाइनमा जानू पर्यो ! मैले त बुबा लाई यो पनि भन्न पाइन बुबा तपाईले जिन्दगीभर मेरा लाई गर्नु भए को संघर्ष आज मेरो हात छ तर तपाई मेरो साथ मा हुनु हुँदैन । 💔😢
09/07/2024
28/06/2024
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Musikot/1 Salle Rukum West Karnali Province
Musikot
22000