Mangalbare page

Mangalbare page

Share

14/03/2024

B+ve रगत आवश्यकता

छातीमा ईन्फेक्सन भई विराटनगरस्थित नोवेल मेडिकल कलेजको आईसीयुमा उपचाररत पथरीका महेन्द्र महतेलाई तत्काल ३÷४ पिन्ट B+ve फ्रेस ब्लड आवश्यक रहेकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।

सम्पर्क :9814349387

11/03/2024

हराईरहेका बालक करिव १ घण्टापछि फेला परेको जानकारी गराईन्छ । उनी खेल्ने क्रममा ५ तला माथी पुगेका रहेछन् ।

खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद !

Photos from Mangalbare page's post 09/03/2024

मोरङ मोडलले मनायो फुड फेष्ट र सांगीतिक उत्सवसँगै वार्षिकोत्सव

२६ फागुन/ उर्लाबारी
उर्लाबारीकै अग्रणि संथागत विद्यालय मोरङ मोडल आवासीय माविले विद्यार्थीहरुको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको फुड फेस्टिबल र
सांगीतिक उत्सवसँगै आफ्नो वार्षिकोत्सव धुमधामसँग मनाएको छ ।

शनिबार उर्लाबारी – ६ स्थित विद्यालय परिसरमा आयोजना गरिएको ‘मोरङ मोडल फेयर २०८०’ मा विद्यार्थीहरुले आफ्ना विविध कला प्रस्तुत गरेका थिए । विद्यार्थीले तयार गरेका खाजा सामग्री किन्न अभिभावक तथा आगन्तुकहरुको भीड लागेको थियो ।

सो अवसरमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल , विज्ञान प्रदर्शनी ,थ्री डि शो, चित्रकला प्रदर्शनी र खानाका स्टल समेत राखिएको थियो । कार्यक्रममा कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुले विविध खेल तमासाको स्टल संचालन गरेका थिए ।

यस्तै विद्यार्थीले परिकारहरुको स्टल संचालन गर्नुका साथै सचेतनामुलक नाटक समेत प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षकहरु विपी भट्टराई, अंकित गोस्वामी, रश्मी पाँचकोटी, सरिता दाहाल र सुनिता कार्कीको लेखन तथा व्यवस्थापनमा दुई वटा नाटक प्रस्तुत गरिएको थियो । तमसोमा ज्योतिर्गमय र सबैका लागी शिक्षा नाम दिईएको सो नाटक हेरेर दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

खानापिनको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाईले विद्यार्थीको आत्मविश्वास जगाउने भएकाले विगत वर्षझै यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको प्रिन्सिपल सन्दिप पौडेलले बताए ।

बजारमा थुप्रै चीजहरु किनेर खाएका तर आफैले कुकिङ् गरेर अरुलाई परिकारहरु चखाउँदा बेग्लै मज्जा आउने विद्यार्थीहरुले बताए । साथै यसबाट आफुहरुले ब्यापार भनेको के हो र ब्यापार कसरी गर्न सकिन्छ भन्ने कुरा सिकेको कक्षा ८ मा अध्ययनरत छात्र विज्ञान आचार्यको भनाई छ । उक्त फुड फेस्टिबलको संयोजन विद्यार्थीहरुले आफै गरेको विद्यालयका संयोजक भुपाल काफ्लेले जानकारी दिए ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य, गायनलगायत स्टेज प्रस्तुति पस्किएका थिए ।

औपचारीक र अनौपचारिक रुपमा दिनभर सञ्चालन भएको कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीहरुको विविध कलाबाट मनोरञ्जन लिएका थिए ।

सो अवसरमा विद्यालयका संचालक समिती अध्यक्ष अमृत कुमार श्रेष्ठको सभापतित्वमा पहिलो शत्रको औपचारीक कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विद्यालयका प्रमोटर सिताराम ओझाले स्वागत मन्तव्य राख्ने क्रममा पठनपाठनका साथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताए ।

प्ले ग्रुपदेखि स्नातकसम्म सञ्चालित मोरङ मोडलमा हाल १ हजार ५ सय ३८ जना विद्यार्थी अध्ययनरत छन् ।

वि.सं. २०३७ सालमा स्थापित उक्त विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट निकाल्दै आएको छ ।

Want your business to be the top-listed Media Company in Morang?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Urlabari, Province-1
Morang
56604