Account Pro Consultant
19/10/2021
परिपत्र नं.५ (क,ख,ग): नेपाल राष्ट्र बैंकबाट 'क','ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधनhttps://www.nrb.org.np/contents/uploads/2021/10/ABC-Circular-no-5-1.pdf
19/10/2021
आन्तरिक राजस्व विभागको Withholding Agent ले Withholdee को PAN Number अपडेट गर्ने बारेको अत्यन्त जरुरी सूचना ।।
आय विवरण बुझाउदाँका थपिएका अफ्ट्याराहरु
अहिले आन्तरिक राजस्व विभागले आय विवरण पेश गर्ने वेवसाईटको तरिकामा परिवर्तन गरी केही नयाँ राम्रो गर्ने प्रयास गरेको छ । यहि नयाँ र राम्रो गर्ने प्रयासले करदातालाई अफ्ट्यारो र झन्झट परेको भनि धेरै नै करदाताको गुनासो सुनिएकोले सवै गुनासो समेतमा मेरो केही कुरा पनि एकमुष्ठ यहाँ राखे हैः
- अहिलेको अवस्थामा यदि तपाईसँग कसैको प्यान मात्र छ र आय विवरण भर्ने भनि सवमिसन नं. लिएर भित्र छिर्नु भयो भने उसको कारोबार, कारोबार गर्ने पार्टी लगायतका सवै जानकारी आय विवरणको अनुसूची १० भर्ने बहानामा सजिलै हेर्न र डाउनलोड गर्न सकिने भएको छ । यसरी करदाताको व्यक्तिगत गोपनीयता अहिलेको नयाँ गर्ने प्रयासले समाप्त पारीदिएको छ । आयकर ऐनको दफा ७४ र ८४ ले करदाताका व्यक्तिगत सुचना तथा जानकारीको गोपनियताको ग्यारेण्टी अव बाँकी नरहने भएको छ । (मैले एउटा प्यान पाउदा सो करदाताको सजिलै निशुल्क पाएको विवरणको फोटो सगै छ है)
- हाल आय विवरणको अनुसूची १० भर्दा, गत वर्ष बढी तिरेको कर यस वर्ष तिर्ने करमा मिलान गर्न मिल्दैन । सो सुविधा लिने हो पनि प्रमाण सहित सम्बन्धित कर कार्यालयमा जानुपर्ने व्यवस्था गरीएको छ । नेपालमा करचुक्ता नलिई केही पनि काम हुन्न । कर चुक्ता दिदाँकै अवस्थामा गत वर्षको बढी भएको कर सहि तानेको छ छैन, हेरीहालिन्छ, अहिले नै किन दुःख दिनु । करिव १५ दिन भन्दा बढी समयदेखि केही साथीहरु यसरी विगतमा तिरेको करलाई यस वर्षको दायित्वमा मिलान गरीपाउन कर कार्यालय धाईरहनु भएको छ रे । करको सिस्टमलाई डिजिटाईजेसन गर्ने विभागको प्रयत्न गरीरहेको र कोरोना महामारीको अवस्थामा कर कार्यालयबाटै प्रमाणित गरी ल्याउने व्यवस्था कति व्यवहारिक हो ? त्यता पनि विश्लेषण गर्ने कि ।
- कानून नै हेर्दा बढी तिरेको कर, करदाताले निवेदन दिएको मितिले ६० दिनभित्र करदातालाई फिर्ता दिनुपर्ने नदिएमा व्याजसहित फिर्ता दिनुपर्ने कानूनी व्यवस्था भएपनि आयकर फिर्ता हुन्छ नि भनेर कुरा गर्यो भने कर क्षेत्रमा काम गर्ने मान्छे मुसुक्क हाँस्छ । यस्तो स्थितिमा बढी तिरेको कर अर्को वर्षमा सहजै मिलान गर्न नपाउनुलाई के भन्ने र खोई । गत वर्ष बढी तिरेको कर आगामी बर्षमा तान्नलाई कर अधिकृतको स्विकृती चाहिने व्यवस्था ऐनमा भएको मैले त देखिन । कुन कानूनलाई टेकेर यस्तो निर्णय भएछ मैले चाहि बुझ्न सकिन ।
- पहिलेको अनुसूची २ मा परिवर्तन गरी किस्तामा कर नपुगेको भए व्याज गणना गर्ने बनाईएको रहेछ । यसले गरेको व्याज गणना र मैले गणना गरेको व्याज मिलेन (भाद्र ७ मा गणना गरेको) । कसैले जान्नु भएछ भने व्याज गणना सिकाईदिनुपर्यो ।
- आयकर ऐनको दफा ९३ हेरियो भने “भुक्तानीमा कर कटृी गरीएको भए” तिर्ने करमा मिलान गर्न पाईने व्यवस्था छ । ऐनले काटेको कर जम्मा गर्यो भने पाईन्छ भनेको छैन । साथै, यसरी काटीएको कर दावी गर्न आवश्यक कागजातको समेत व्याख्या गरीएको छैन । कर काटेको प्रमाणको रुपमा कर कटृी प्रमाणपत्रको मात्र व्यवस्था गरीएको छ । यस्तो अवस्थामा ईटिडिएस भएन भने मिलान सुविधा दिन्न भन्नु कानून सम्मत हो र ? अर्को व्यवहारिक समस्या, आजसम्म बैंक खाता खोल्दा मेरो प्यान नदिएको कुनै केवाईसी फर्म छ्रैन तर आजसम्म बैंकले व्याजमा काटेको करको जानकारी मेरो प्यानमा आएको छैन । वर्षान्तमा कर काटेको प्रमाण माग्न गए त कति दुख पाईन्छ, तपाईले मेरो प्यानमा ईटिडिएस गर्न छुटाउनुभएछ, ईटिडिएस नभएकोले कर दावी गर्न पाईन भनियो भने के बैंकले मेरो मात्र व्याजको लागि ईटिडिएस गर्देला त ? वा विभागको वेवसाईटले मेरो छुटेको प्यानको मात्र ईटिडिएस गर्ने सपोर्ट गर्ने सिस्टम छ त ?
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Sardi Bagaicha-04, Binayi Tribeni Rural Municipality
Lumbini
33000