Nanda-Jhup Foundation, Rolpa.
24/03/2025
नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने बारे सूचना !
२०७२ सालमा सत्प्रयास समूह रोल्पा स्थापना भएयता हामीले विभिन्न गतिविधि संचालन गर्दै आएको सबैमा विदितै छ । हामीले गर्ने विभिन्न विधा (क्षेत्र) का काम मध्ये स्वास्थ्य क्षेत्र पनि एक महत्त्वपूर्ण हो । स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउने र नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छौं । कतै आयोजक नै भएर त कतै समन्वय गर्दै यस्ता शिविर आयोजना गर्दै आएका छौं। (मूलतः सत्प्रयासको समन्वयबाट सम्बन्धित निकाय नै आयोजक बन्न सकून् भन्ने उद्देश्यले हाम्रो समन्वय हुनेगरी अभियान चलाएका छौं।) जुनै काम गर्दापनि स्वयंसेवा गर्नु सत्प्रयास समूहको मुख्य विशेषता हो । हामी यसैमा बिश्वास गर्छौं।
हाम्रो रोल्पा जस्तो ठाउँमा सबै प्रकारको विशेषज्ञ डाक्टरको नियमित सेवा पाउने अवस्था छैन । स्वास्थ्य सचेतना पनि उत्तिकै जरुरी छ । त्यसैगरी विशेषज्ञ शिविरको पनि जरुरी छ । हाम्रो आर्थिक अवस्थालाई मध्यनजर गर्दै नि:शुल्क शिविर अझ बढी जरुरी छ भन्ने हाम्रो ठहर छ । हाम्रो भावी सोंच (लक्ष्य) रोल्पामै नियमित विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवस्थाको सुनिश्चितताको ग्यारेन्टी गराउनु हो। आम रोल्पालीमा स्वास्थ्य सचेतता उच्च स्तरमा बनाउने र स्वस्थ रोल्पाली बनाउने सपना सधै रहिरहनुपर्छ । परिआएका स्वास्थ्य समस्यामा विशेषज्ञ सेवा पाउने परिवेश निर्माणमा सत्प्रयास भैरहनैपर्छ ।
त्यो उन्नत स्वास्थ्य सेवा सुनिश्चितता नभईन्जेल, विशेषज्ञ शिविर एउटा सकारात्मक कदम नै भैरहन्छ । त्यसमा पनि नि:शुल्क शिविर अपरिहार्य छ । र, यस्ता शिविर स्थानीय तह, स्थानीय सरकार मातहतका स्वास्थ्य शाखा, संघ/प्रादेशिक सरकार अन्तरगरतका स्वास्थ्य संस्था/अस्पताल, निजि अस्पताल लगायतले वर्षेनी नियमित योजनामा पार्नैपर्छ । अन्य निकाबाट पनि शिविर आयोजना हुनु त राम्रो भैहाल्यो ।
यहीँ सन्देश/संस्कृति (विकास) का लागि पनि सत्प्रयास भएको हो । हामी खुशी पनि भएका छौँ, पछिल्ला वर्षमा सम्बन्धित निकायबाट शिविर हुन थालेका छन् । बिस्तारै रोल्पाको स्वास्थ्य सेवाप्रतिको हाम्रो असली अवस्थाप्रति सही बुझाई पनि हुन थालेको छ । जब हामी सही बुझ्छौँ अनि सही योजना ल्याउँछौँ ।
हाम्रो अभियानकै क्रममा यो पटक सत्प्रयास समूहको समन्वयमा लुंग्री गाउँपालिका, रोल्पा अस्पताल, स्वास्थ्य कार्यालय रोल्पा आयोजक भएर यो शिविर संचालन हुँनु सकारात्मक कदम हो । विशेषज्ञ शिविरबाट सबैले सेवा लिनुहोस् ।
तपाईहरुको गाउँघरमा उपचार नपाउनु भएका, आर्थिक अभाव (गरिबी) ले उपचार नपाउनु भएका जो सूचनाको पहुँचमा नभएकासम्म शिविर हुने सूचना पुर्याउन समाजसेवी, गाउँका अगुवा, शिक्षक, जनप्रतिनिधि, नेता/कार्यकर्ता, स्वास्थ्यकर्मी, पत्रकार, आमा समूह, स्वास्थ्य स्वयंसेविका लगायत सबैमा आग्रह छ ।
सत्प्रयास समूह रोल्पा
18/09/2024
विश्वमञ्चमा दुई रोल्पाली एक साताअघि स्विट्जरल्यान्डमा आयोजित ‘अप हिल ट्रेल रेस’ प्रतियोगितामा रोल्पा थबाङका अल्ट्रा धावक मनकुमार रोका म...
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Liwang
22100