Rato Bangala Partnership in Outreach Program-RBPOP

Rato Bangala Partnership in Outreach Program-RBPOP

Share

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 03/05/2026

सार्थक बाल सिकाइ कार्यक्रम- आठराइ तेर्हथुम
तेर्हथुमको आठराइ गाउँपालिकामा रहेका २५ सामुदायिक विद्यालयका विद्यालय प्रधानाध्यापकहरूसँगको अन्तर्क्रिया कार्यक्रम मिति वैशाख ७ गते आठराई गाउँपालिकाको पालिका भवनमा सम्पन्न भयो। कार्यक्रमममा सहभागीहरू विच सार्थक बालसिकाइ कार्यक्रमले विद्यालयका सामुदायिक विद्यालयहरूका बालकक्षाहरूमा ल्याएका सकारात्मक परिवर्तनहरू, चुनौतीहरूका साथै कार्यक्रमबाट आगामी दिनहरूमा राखिएका अपेक्षाहरूका बारेमा छलफल भयो।
साथै विद्यालयमा अभिभावकहरूसँग पनि कार्यक्रमका बारेमा अन्तर्क्रिया सम्पन्न भयो।

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 03/04/2026

सार्थक बालसिकाइ कार्यक्रम- भिमसेनथापा गाउँपालिक गोरखा
रातोबङ्गला साझेदारी कार्यक्रमले सार्थक बालसिकाइ कार्यक्रम अन्तर्गत भिमसेनथापा गाउँपालिकाका संपूर्ण सामुदायिक विद्यालयका प्रारम्भिक बाल कक्षाका शिक्षकहरूका लागि बिभिन्न किसिमका पपेटहरूको निर्माण तथा प्रयोगको १ दिने कार्यशाला सम्पन्न गर्यो। प्रारम्भिक बालविकासको क्षेत्रमा राष्ट्रिय एवं अन्तराष्ट्रिय बालकक्षाहरूमा शिक्षण तथा शिक्षक तालिमको लामो अनुभव बटुल्नुभएका प्रारम्भिक बालकक्षाका विज्ञ श्री कल्पना पराजुलीले कार्यशालामा बिभिन्न सामाग्रीहरू जस्तै कपडा, कागज, मोजा लगायतबाट बिभिन्न किसिमका पपेटको निर्माण र बालकक्षामा सिकाइ एवं कक्षा सञ्चालनमा यसको उपयोगिताका बारेमा रमाइला क्रियाकलापहरूद्वारा कार्यशाला सञ्चालन गर्नुभयो।
कार्यशाला श्री सरस्वती मा वि बोर्लाङ् र श्री दुल्लभ मा वि घ्याम्पेसालमा गरिएको थियो र २ केन्द्रमा जम्मा ४० जना बालसहजकर्ताहरूको सहभागिता रह्यो।

Want your organization to be the top-listed Non Profit Organization in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lalitpur