Humagain Auto Private Limited
21/05/2026
आजकाल काठमाडौंको ट्याक्सी व्यवसायबारे धेरै ठाउँमा बहस भइरहेको छ । कतै यसलाई रोजगारीको माध्यम भनिएको छ, कतै सेवासँग जोडिएको छ भने कतै भ्रष्टाचार र कालोबजारीको आरोप लगाइएको छ । आज संघीय संसदमा समेत यस विषयमा कुरा उठेको देखियो ।
तर ट्याक्सी क्षेत्रलाई बुझ्दा केही आर्थिक, कानुनी र सामाजिक पक्षलाई गहिराइमा हेर्न आवश्यक छ ।
सबैभन्दा पहिले “कालोबजारी” को विषयमा कुरा गरौँ । ट्याक्सी व्यवसाय मूलतः स्वरोजगारमा आधारित पेशा हो । अधिकांश अवस्थामा एउटा ट्याक्सी एउटा परिवारको आयस्रोत हुन्छ । नेपालमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कृत्रिम अभाव सिर्जना गरी वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाउनु कालोबजारी मानिन्छ । तर ट्याक्सी नम्बर प्लेटको मूल्य वृद्धि प्रत्यक्ष रूपमा व्यापारी वा उद्योगीको चलखेलबाट मात्र भएको होइन । यो सीमित परिमाणमा उपलब्ध “परमिट” र बढ्दो मागको कारण सिर्जित बजार अवस्था पनि हो ।
अब भ्रष्टाचारको विषयमा कुरा गरौँ । ट्याक्सी नम्बर प्लेट हस्तान्तरण तथा सञ्चालन सम्बन्धी व्यवस्था प्रचलित कानुन र यातायात व्यवस्थापन प्रणालीअन्तर्गत हुँदै आएको छ । तर बजारमा सीमित सङ्ख्यामा नम्बर प्लेट उपलब्ध हुँदा “सिन्डिकेट” जस्तो अवस्था सिर्जना भएको आरोप बारम्बार उठ्ने गरेको छ । वास्तविकता के हो भने, नम्बर प्लेटको मूल्य बढ्दा त्यसको प्रत्यक्ष लाभ धेरैजसो स्वरोजगार व्यवसायी वा पुराना लगानीकर्ताले नै पाएका छन् ।
आज ट्याक्सी नम्बर प्लेटको मूल्य करिब १५ लाख रुपैयाँसम्म पुग्नुको कारण केवल अनियमितता मात्र होइन, बजारको माग र आपूर्तिको असन्तुलन पनि हो । नेपालमा ट्याक्सी व्यवसाय लामो समयदेखि आम्दानीको स्थिर माध्यम मानिँदै आएको छ । देशको आर्थिक अस्थिरता, बेरोजगारी वृद्धि, वैदेशिक रोजगारीबाट युवाहरू फर्किनु तथा वैकल्पिक रोजगारीको अभावका कारण धेरै मानिस यस क्षेत्रमा आकर्षित भएका छन् ।
विशेषगरी हालको अन्तर्राष्ट्रिय परिस्थिति, जस्तै मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र युद्धका कारण विदेशबाट नेपालीहरू फर्किने क्रम बढेको छ । यस्तो अवस्थामा ट्याक्सी व्यवसाय धेरैका लागि सम्भावित आयस्रोत बनेको छ । दैनिक ५ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुने विश्वासले पनि मानिसहरू यस क्षेत्रमा प्रवेश गर्न खोजिरहेका छन् ।
सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको अवस्थामा स्वरोजगार व्यवसायलाई पूर्ण रूपमा नकारात्मक रूपमा मात्र हेर्नु उचित हुँदैन ।
अर्कोतर्फ, राइड सेयरिङ सेवाहरूलाई व्यवस्थित गर्न स्पष्ट कानुन र नियम आवश्यक छ । प्रविधिमा आधारित यातायात सेवा आजको आवश्यकता हो । तर नीति बनाउँदा ट्याक्सी क्षेत्रमा लगानी गरेका करिब १२ हजारभन्दा बढी व्यवसायी र उनीहरूको परिवारको भविष्यलाई समेत ध्यान दिनुपर्छ ।
ट्याक्सी नम्बर प्लेटको मूल्य बढ्नुको मुख्य कारण सीमित आपूर्ति र उच्च माग हो । बजारमा करिब ४ हजार मात्र नयाँ नम्बर उपलब्ध हुँदा खरिद गर्न चाहने मानिसको संख्या धेरै भएकाले मूल्य बढेको हो । अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार सीमित वस्तुको माग बढी हुँदा मूल्य वृद्धि हुनु स्वाभाविक मानिन्छ ।
नेपालमा यस्ता उदाहरण अन्य क्षेत्रमा पनि देखिन्छन् —
* बुद्धचित्त माला
* जग्गा
* रुद्राक्ष
जस्ता सीमित उपलब्ध वस्तुहरूको मूल्य पनि मागका कारण अत्यधिक बढेको छ ।
त्यसैले ट्याक्सी व्यवसायबारे बोल्नुभन्दा अघि यसको आर्थिक संरचना, स्वरोजगारको अवस्था, लगानीकर्ताको जोखिम, बजारको माग–आपूर्ति प्रणाली तथा नेपालको वर्तमान बेरोजगारी अवस्थाबारे गम्भीर अध्ययन गरेर मात्र नीति निर्माण गर्नु उपयुक्त हुन्छ ।
सुजन हुमागाईं
ट्याक्सी व्यवसायी ।
धन्यवाद ।
15/05/2026
हुमागाई ट्याक्सी सेवा
1. अल्टो हुन्डाई ट्याक्सी सँग Chinese Jm Ev Easy बिजुली ट्याक्सी सट्टा पट्टा गर्न चाहनुहुने महानुभावलाई प्रथामिकता।
2. प्राइभेट कारहरू सगँ नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी सट्टा पट्टा हुनेछ।
3. 60 % बैंकिंग सुबिदा न्यूनतम ब्याज दरमा ।
4. 15 दिन भित्र नयाँ Chinese Jm Ev Easy बिजुली ट्याक्सी कालो नम्बर प्लेट सहित तयार पारिन्छ ।
5. 2003 ,2004 मोडलको ट्याक्सी हामीलाई बेचि अरू केही रकम थपेमा अल्टो हुन्डाइ JM EV EASY ट्याक्सी किस्ता बन्दिमा पाइन्छ।
थप जानकारी लागि 9865057513 सम्पर्क गर्नुहोला ।
प्रोपाइटर सम्पर्क नम्बर : 9851091401
WHATSAPP : 985-1081042
स्थान : सातदोबाटोचोक सुमेरुमार्ट
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Sumeru Mart Shop No 4 Satdobatochowk
Lalitpur
Opening Hours
| Monday | 10:00 - 18:00 |
| Tuesday | 10:00 - 18:00 |
| Wednesday | 10:00 - 18:00 |
| Thursday | 10:00 - 18:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 09:00 - 18:00 |