Majheri Program

Majheri Program

Share

31/03/2025
Photos from Majheri Program's post 08/05/2022

Memorising Bible Verses for Good Spiritual Health...

22/09/2021

किनभने हामी ख्रीष्टमा जिउँछौं र उहाँमै चहलपहल गर्छौं 😊😊😊

वास्तविकताको अभिव्यक्ति
नेपाली
═══━📖🖋️━═══
🗓️ बुधबार, असोज ६, २०७८
२२ सेप्टेम्बर २०२१

🔰 ख्रीष्टमा र ख्रीष्टद्वारा जिउनुहोस्
👤 पास्टर क्रिस

📖 किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं' (प्रेरित १७:२८) ।

एफिसी २:४-६ ले भन्छ, "तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो ।" जब येशू मृत्युबाट जिवित भइ उठ्नुभयो, तब हामी उहाँसँगै जिइउठेका थियौँ र स्वर्गीय स्थानहरूमा उहाँको साथ बसाइएका थियौँ ।

यसैले हामी अहिले ख्रीष्टसँगै बसेका छौँ, उहाँमा र उहाँको साथ छौँ । हामीलाई यो भनिएकोमा कुनै आश्चर्य छैन कि, "कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर (कलस्सी ३:१७) । अनि कलस्सी २:६ ले भन्छ, "यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ ।"

अब, जब हामी उहाँमा छौं, उहाँको साथमा बसेका छौं, तब हामीलाई अवश्य नै उहाँद्वारा जिउनु छ । हामीलाई अवश्य नै येशूको नाउँद्वारा जिउनु र हिँड्नु छ । तपाईं उहाँको नाउँमा कसरी जिउनुहुन्छ र हिँड्नुहुन्छ ? उहाँको नाउँ एक स्थान हो, एक वातावरण हो भनी उहाँले तपाईंलाई प्रत्येक्ष रूपमा बताउनुहुन्छ । जब तपाईं नयाँ जन्मनुभएको थियो, तब तपाईं ख्रीष्टमा जन्मनुभएको थियो; तपाईं ख्रीष्टमा डुब्नुभएको थियो; यसैले तपाईं ख्रीष्टमा हुनुहुन्छ ।

"तपाईं ख्रीष्टमा" र "ख्रीष्ट तपाईंमा" भन्ने दुई कुराको भिन्नतालाई बुझ्नुहोस् । "ख्रीष्ट तपाईंमा" भनेको तपाईंको जीवन, तपाईंको महिमाको विषयमा हो । "तपाईं ख्रीष्टमा" भनेको तपाईंको वातावरणको बारेमा हो, जहाँ तपाईं रहनुहुन्छ । यसैले जबकि तपाईं यो वातावरणमा रहनुहुन्छ, तब यसैमा रहनुहोस् । दिनको चौबीसै घण्टा ख्रीष्टमा र ख्रीष्टद्वारा कामहरू गर्नुहोस् ! हाल्लेलुयाह !

🙇🏻‍♂️ स्वीकारको प्रार्थना
म ख्रीष्टमा जिउँदछु र हिँड्दछु, जहाँ कुनै पाप, बिमारी, रोग, असफलता, गरिबी, हार, कमजोरी वा मृत्यु छैन । म पूरा शाल, दिनको चौबीसै घण्टा, दैविय स्वास्थ्य, आनन्द, शान्ति, सफलता, सामर्थ्य, समृद्धि, सुन्दरता र सर्वदाको जीवको आनन्द लिँदछु ! यो मेरो उत्तराधिकारको स्थान हो र दैविय अधिकार र सामर्थ्यको मेरो स्थान हो, जहाँ शैतान र अन्धकारको भुतहरुमाथि म राज्य र शासन गर्दछु । हाल्लेलुयाह !

📚 थप अध्ययनको लागि:
प्रेरित १७:२८
कलस्सी २:१३,१४

☝🏻 एक वर्षे बाइबल अध्ययन योजना:
गलाती ३:१-१४, श्रेष्ठगीत ३-५

✌🏻 दुई वर्षे बाइबल अध्ययन योजना:
लूका २३:१३-२५, २ शमूएल ७-८

सम्पर्क: ९८६१०८५७२४
९८२८९४३६२७
सितापाईला, काठमाण्डौं ।
तपाईंले हामीलाई दैनिकीको लागि कल तथा म्यासेज गर्न सक्नुहुन्छ । Facebook, Messanger, What'sapp, viber. Thank you

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
44600