WildNepal

WildNepal

Share

08/07/2026
06/07/2026

नेपालमा लामो समयदेखि 'चिनियाँ सालक' भनिँदै आएको सालक वास्तवमा चिनियाँ नभएर 'हिमाली सालक' भएको पुष्टि । मध्य नेपालको नमुनामा मात्र आधारित निष्कर्ष अपूर्ण भएकाले वास्तविक चिनियाँ सालकको अस्तित्व पहिल्याउन देशव्यापी आनुवंशिक अध्ययन अपरिहार्य

पोखरा विश्वविद्यालयका उपप्राध्यापक नारायण कोजु नेतृत्वको अनुसन्धानले नेपालमा पाइने कालो सालकलाई नयाँ प्रजाति 'हिमाली सालक' (मनिस अरिता) भएको प्रमाणित गरेको छ।
करिब दुई शताब्दी पुरानो संग्रहालयको डीएनए नमुनाबाट प्राप्त प्रमाणका आधारमा नेपाल, भुटान, उत्तरपूर्वी भारत र दक्षिण तिब्बतमा पाइने सालक चिनियाँ सालकभन्दा फरक प्रजाति भएको पुष्टि भएको हो।
यस अनुसन्धानले कानुनी, संरक्षण र फरेन्सिक विज्ञानका क्षेत्रमा नयाँ चुनौती र सम्भावना ल्याएको छ, साथै भविष्यमा थप आनुवंशिक अध्ययन आवश्यक रहेको देखाएको छ।

हालसालै संकलन गरिएका नमुना र पुरानो हड्सनले संकलन गरेका नमुनासँग तुलाना गरियो । र नतिजामा दुवै नमुना आनुवंशिक एउटै समूहका निस्किए । करिब दुई शताब्दी पुरानो एउटा संग्रहालयको नुमनाले आधुनिक वैज्ञानिक निर्णयको आधार बनाइदियो ।

हिमाली सालक र कालो सालकलाई छुट्याउन भने केही गाह्रो हुन सक्छ । यी दुवै प्रजाति सामान्य रूपमा उस्तै देखिन्छन् । तर यसको शरीरको नाम, पुच्छरको लम्बाइ,कानको आकार,खोपडी, कत्लाको रंग र आकारमा भिन्नता पाइएका छन् । यी भिन्नता प्रयोगशालामा मात्र पत्ता लगाउन सकिने अनुसन्धानमा उल्लेख छ । कसैले फिल्डमा काम गर्दा यी दुई प्रजातिलाई छुट्याउन निकै नै गाह्रो हुने अनुसन्धानमा उल्लेख छ । नयाँ अध्ययनमा यी दुईवटा समूह उद्विकास(इभोलुसन)का क्रममा झन्डै १८ वर्षअघि अलग भएका थिए ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu