BUDDHA ACADEMY
सूचना!!! सूचना!!! सूचना!!!
आदरणिय यस बुद्ध एकेडमी विद्यालयका अविभावक, विद्यार्थी तथा शुचिन्तक महानुभावहरुलाई हामी यो जानकारी गराउन चाहन्छौ.....। बुद्ध एकेडमी विद्यालय विशुद्ध सामाजिक र सेवाको भावले खोलिएको विद्यालय हो। करिब ३० वर्ष प्रिनसिपल दोर्जे नामग्याल लामाको पालो देखि यस विद्यालयले कुनै शुल्क लिएको छैन । तर पछिललो समयमा विद्यार्थी भर्ना गर्दा १ जना बिद्यार्थी बापत १ देखि ३ लाख सम्म विद्यालयलाई बुझाउनु पर्छ भनि बीचका दलालहरुले अभिभाबकहरुलाई ठगिरहेका कुरा सुन्दा हामी लाई धेरै दुःख लागेको छ ।
यो निःशुल्क पढाउने विद्यालय हो भन्ने थाहा पाएपछि धेरै जना अविभावकहरू पैसा फिर्ता गरी पाउँ भनी निवेदन आएको हुँदा बिद्यालयको खातामा कुनै पनि पैसा जम्मा भएको देखिँदैन त्यसैले तपाईहरु को रकम विद्यालयले फिर्ता दिन असमर्थ छौँ । धेरै जाना अभिभावकहरुको पैसा फसिसकेको हुँदा सरकार वाला निकायहरुले सम्बन्धित दलालहरुलाई समातेर कारवाहीको माग गर्दा छौ ।
सबै अभिभावकले तपाईहरु लाई जुन दलालले फसाएको छ त्यो दलाललाई छिटो भन्दा छिटो समातेर तपाईंको आफ्नु पाउनु पर्ने पैसा फिर्ता गराउनु होला । अब देखि विद्यालयको नाममा जथाभावी कोही कसैले पनि पैसा नदिनु होला । त्यसको जिम्मेवारी विद्यालय हुने छैन ।
विद्यालयका करिब चारसय बिद्यार्थीहरुको भविष्यमाथि खेलवाड किन हुर्दै छ ? भविष्य निर्माणमा रहेका विद्यार्थीको जिम्मा कस्ले लिन्छ ? गोकर्णेश्वर नगरपालिकाले लिने होकि ? अखिल नेपाल हिमाली संघद्धले लिने हो ? कि अन्य भ्रष्ट गर्न पल्केका भ्रष्टचारी र शैक्षिक माफियाहले ?
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Jorpati Nayabasti
Kathmandu
00977