EKhasKhabar.com
14/01/2016
३० पुस, काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी कटौति भई प्रति ब्यारेल ३० डलर भन्दा कम कारोबार भएको छ ।अमेरिकाले तेल भण्डारण क्षमता बढाएको समाचार आइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ३० डलर भन्दा कम भएको हो । अमेरिकामा पनि यस बर्ष तेल उत्पादन बृद्धि भएको छ । पछिल्लो १५ महिनामा तेलको मूल्य ७० प्रतिशतसम्म घटेको छ । चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण पनि मानिएको छ । यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकले तेलको उत्पादनमा केहि कटौती गर्ने गर्दथ्यो । तर, यसपटक ओपेकले तेलको उत्पादन घटाएको छैन । घटेको मूल्य १२ वर्षकै सबैभन्दा कम भएको बीबीसीले जनाएको छ ।
http://ekhaskhabar.com/2016/01/14/%e0%a4%95%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%8d/
कच्चा तेलको मूल्य घटने क्रम जारी ३० पुस, काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी कटौति भई प्रति ब्यारेल ३० डलर भन्दा कम कारोबार भएको छ ।अमेरिकाले तेल भण्डारण क्षमता बढाएको समाचार आइरहेका बेला अन्तर्राष्ट्रिय बजा…
13/01/2016
२९ पुस, म्याग्दी । म्याग्दीको मुदी गाविसमा पशु सेवा केन्द्रको कार्यालय नहुँदा कृषकहरु मारमा परेका छन् । मुदीमा सेवा केन्द्र रहेको कुरा पशु सेवा विभाग र जिल्ला पशु सेवा कार्यालयका अभिलेखमा उल्लेख भए पनि २० वर्षभन्दा बढी समयदेखि कार्यालय र कर्मचारी बसेका छैनन् । पशुपालनलाई मुख्य आयस्रोत बनाएका मुदीका कृषकहरू पशुपंक्षीको औषधी उपचार सेवाबाट वञ्चित भएका छन् । सडक, सञ्चार, विद्युत्, खानेपानीलगायतको पहुँचबाट टाढा रहेको र एउटा वस्तीदेखि अर्को वस्तीमा पुग्न पुरै हिड्नुपर्ने मुदी गाविसमा पाँच सय ५० घरधुरीको बसोबास छ ।
http://ekhaskhabar.com/2016/01/13/%e0%a4%aa%e0%a4%b6%e0%a5%81-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be/
पशु सेवा कार्यालय नहुँदा कृषकहरु मारमा २९ पुस, म्याग्दी । म्याग्दीको मुदी गाविसमा पशु सेवा केन्द्रको कार्यालय नहुँदा कृषकहरु मारमा परेका छन् । मुदीमा सेवा केन्द्र रहेको कुरा पशु सेवा विभाग र जिल्ला पशु सेवा कार्यालयका अभिलेखमा उल्लेख भए…
13/01/2016
२९ पुस, जाजरकोट । जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएको छ । अनुदानमा वितरण हुने चामल नपुग्दा १५ गाविसमा खाद्य संकट देखिएको हो । खाद्यन्नको अभाव भएपछि स्थानीय बासिन्दालाई भोकमरीले सताएको छ । अनुदानको चामल पनि नआएको र खडेरीले यस वर्ष मकैको उत्पादन घटेपछि पश्चिमका दह, मजकोट, कोर्ताङ, गर्खाकोटलगायत गाविसमा खाद्य संकट सुरु भएको स्थानीयले बताएका छन् । अनुदानको चामल ठेकेदारले बाटोबाटै बिक्री गर्ने र डिपो सधैं बन्द रहने गरेको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् । अन्न नभएपछि स्थानीयबासी विस्थापित हुन थालेका छन् । व्यपारीहरूले बिक्री गरेको चामलप्रति किलो एकसय रूपैयासम्म तिर्नुपरको स्थानिय बताउँछन् ।
http://ekhaskhabar.com/2016/01/13/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae%e0%a5%80/
जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव २९ पुस, जाजरकोट । जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएको छ । अनुदानमा वितरण हुने चामल नपुग्दा १५ गाविसमा खाद्य संकट देखिएको हो । खाद्यन्नको अभाव भएपछि स्थानीय बासिन्दालाई भोकम…
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu