GENZ 2.0

GENZ 2.0

Share

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल - sansarnews.com 21/02/2026

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल

निर्वाचन स्वच्छ र मर्यादित बनाउन जेनजी २.० को अपिल - sansarnews.com काठमाडौं । जेनजी २.० ले आगामी निर्वाचन स्वच्छ, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको छ। शनिब.....

19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा जेनजी २.० सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

यो दिवस केवल औपचारिक उत्सव होइन, निरंकुश शासन विरुद्ध जनताको संघर्ष, बलिदान र अटुट लोकतान्त्रिक आस्थाको स्मरण हो। प्रजातन्त्र जनताको सार्वभौम अधिकार हो र यसको रक्षा, सुदृढीकरण तथा संस्थागत विकास प्रत्येक सचेत नागरिकको दायित्व हो भन्नेमा जेनजी २.० स्पष्ट छ।

आजको दिनले हामीलाई राज्य सञ्चालन विधि, उत्तरदायित्व, पारदर्शिता र विधिको शासनप्रति पुनः प्रतिबद्ध हुन आह्वान गर्दछ। संविधानको मर्म र भावना अनुरूप नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक सहभागिताको सुनिश्चितता नै सुदृढ प्रजातन्त्रको आधार हो।

यस राष्ट्रिय दिवसले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन र समावेशिताको दिशामा हाम्रो सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाओस् भन्ने कामना गर्दछौं।

अविन लिम्बू
प्रबक्ता

मिति:२०८२/११/०७
ने.सं.११४६,चिल्लाथ्व द्वितीया

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग 12/02/2026

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

हेडलाइन-जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवे....

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu