BeGenius Nepal

BeGenius Nepal

Share

10/02/2021

Copied
#रमाइलो_लाग्यो😂फेसबुक वालमा भेटेको !!!
तिन पूर्व प्रधानमन्त्रीहरु निर्वाचन आयोग पुग्छन र हामि आधिकारीक दल हो! भन्छन।
निर्वाचन आयोग:- एउटा निबेदन लेखेर १० रुपैयॉको टिकट टॉसेर दर्ता गराउनुस त हजुर।
पूर्व प्रमहरु निबेदन लेखिवरी दर्ता गराई पेश गर्छन ।

निर्वाचन आयोग:- ल तँपाईहरुको निवेदन आयो हामि हेर्छौँ भोलि छोडी पर्सि आउनुहोस।
पूर्व प्रमहरु हवस पर्सि आउँछौ भन्दै त्यॉहा बाट हिड्छन।

पर्सिपल्ट

निर्वाचन आयोग:- तँपाईहरुले पार्टि फुटाको हो?
पूर्व प्रमहरु:- हामिले होईन उनिहरुले फूटाको!
निर्वाचन आयोग:- उनिहरुले फुटाको भए उनिहरु दल दर्ता गर्न आउनुपर्ने आएनन त। के तँपाईहरु छुट्टै दल दर्ता गर्ने हो?

पूर्व प्रमहरु:- होईन! नेकपा हाम्रै दल हो तर अध्दक्षले हामिले भन्या टेरेन!
निर्वाचन आयोग :- ए! त्यसो भए कार्वाही ठोक्दिनुहोस र कार्बाही गरेको छ भनेर १० रुपैयॉको टिकट टॉसेर निबेदन दिनुस न सक्किगो नि!
पूर्व प्रमहरु कार्वाहीको निबेदन लिएर निर्वाचन आयोगमा पुग्छन।
निर्वाचन आयोग:- ल ठिक छ, अब भोलि आउनुस काम हुन्छ।

भोलिपल्ट!
पूर्व प्रमहरु:- हाम्रो काम के भयो हजुर?
निर्वाचन आयोग:- ए त्यो हुँदै छ। भर्खर ५ नं टेबलको मास्टसा’पको मा पुग्या छ एकदुई दिन मा बिधान हेरेर टुंग्याईदिन्छु। तँपाईहरु पर्सि आउनुहोस।

पर्सि पल्ट:-
पूर्व प्रमहरु:- भयो त हजुर!
निर्वाचन आयोग:- सक्किन लाग्यो, भोलि आउनुस!
भोलिपल्ट
पूर्व प्रमहरु:- सक्कियो त हजुर?
निर्वाचन आयोग:- तोईट प्रमाण नै पुगेन नि। १ नं अध्यक्षलाई केन्द्रिय सदस्यहरुको बहुमतले हटाउन सक्ने भन्ने कुरा बिधान मै रहेनछ। यो बिधान संसोधन गर्नु परेन? यो गर्नुहोस पहिला! केन्द्रिय कमिटीको बहुमतले बिधान संसोधन गर्नुहोस । भोलि बहुमत केन्द्रिय सदस्यको हस्ताक्षर सहितको बिधान संसोधन गरेको प्रमाण लिएर आउनुस त। अनि बल्ल गॉठो फुक्छ।

हतार हतारमा केन्द्रिय कमिटीको बैठक बसेर बिधान संसोधन गरी १ नंबरको अध्दक्षलाई कार्बाही गरेको र उहॉको ठाउँमा अर्को अद्धक्षलाई नियुक्ति गरिएको पत्र र बहुमत केन्द्रिय सदस्यहरुको हस्ताक्षेर सहित पूर्व प्रमहरु निर्वाचन आयोग जान्छन।
पूर्व प्रमहरु:- यि यो सबै गर्यौँ हजुर।
निर्वाचन आयोग सबै कागजात पल्टाउँदै। :- ल अब चैं पुग्छ जस्तो छ। यसो गर्नुहोस, अलि दिन लाग्छ अब आईतबार आउनुहोस।

आईतबार
पूर्व प्रमहरु:- आयुक्त ज्यू! काम भयो त?

निर्वाचन आयोग:- कॉहॉ हुनु, केन्द्रिय कमिटीको बैठक महसचिबले बोलाउनु पर्ने रैछ बिधानमा त्यो नै भाको छैन रैछ। बैठकको आधिकारीक माईन्युट पनि रहेनछ। अनि त्यसमाथि बिधान संसोधन गर्दा १ नंबरको अद्धक्ष र माहासचिबको सहि हुनु परेन माईन्ुटमा ? प्रक्रियै पुर्याउन सक्नुभएनछ, प्रक्रिया पुर्याएर भोलि आउनुहोस भोलि नै काम बन्छ , ढुक्क हुनुहोस छिट्टै हुन्छ।

पूर्व प्रमहरु बाहिर निस्किँदै गर्दा :- हैन हामिलाई त यति घुमाउँदो रैछ यो सरकारी कार्यलयहरुले बिचरा नेपाली जनताहरुले कति दुख पाईरहेका होलान।

छेउमै उभिएको बिचौलिया मुसुक्क हॉस्छ र भन्छ “मेरो भित्र सेटिंग छ अलिकति खर्च गर्नुपर्छ काम बन्छ,गर्ने हो?”

नेपालमा कहिले आउँदैछ कोरोनाको खोप? कसरि काम गर्छ? | How corona vaccine works? |Explained in Nepali | 20/01/2021

Covisheild: How it works? What are the side effects? Should you take it or not?
Simplified explanation Link in a comment.
Link: https://www.youtube.com/watch?v=T59vjf1WH0M
P.S. vaccine will not modify our genetic code (DNA).

नेपालमा कहिले आउँदैछ कोरोनाको खोप? कसरि काम गर्छ? | How corona vaccine works? |Explained in Nepali | Explained in Nepali Episode |Title: नेपालमा कहिले आउंछ कोरोनाको खोप? कसरि काम गर्छ? How corona vaccine works? Explained in Nepali !!!!!! ...

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu