RUJU FactCheck

RUJU FactCheck

Share

05/06/2026

Fact Check: बारामा भारतीय प्रहरीले नेपाली भूमिमा संरचना भत्काएको दाबीसहित भाइरल भिडियोको वास्तविकता के हो?

वास्तवमा यो घटना बाराकै दुई स्थानीय तह—कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिका—का नगर प्रहरीहरूबीच सिस्वा-महेशपुरस्थित छठिया पोखरी नजिकैको विवादित सिमानामा निर्माणाधीन खानेपानी आयोजनाको संरचनालाई लिएर भएको झडप हो। स्थानीय सञ्चारमाध्यम तथा आधिकारिक विवरण अनुसार भिडियोमा संरचना भत्काउनेहरू भारतीय प्रहरी नेपाली नगर प्रहरी (Municipal Police) हुन्।

03/06/2026

Fact Check: के रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा ढोगेका हुन्?
Social Mediaमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा ढोग्दै गरेको तस्बिर तीव्र रूपमा भाइरल भइरहेको छ। 'रुजु फ्याक्टचेक' को तथ्यजाँचमा उक्त तस्बिर पूर्ण रूपमा भ्रामक पुष्टि भएको छ। जेठ १९, २०८३ मा भारत भ्रमणमा गएका लामिछाने र मोदीबीच यो तथ्यजाँच तयार पार्दासम्म कुनै भेटघाट नै भएको छैन। विभिन्न एआई डिटेक्सन टुलको Analysis ले भाइरल तस्बिर AI को प्रयोग भएको Flag गरेको छ।

त्यसैले उक्त घटना वास्तविकतासँग सम्बन्धित छैन। त्यसैले, सत्य र तथ्य नबुझी कुनै पनि सामग्री सेयर नगरौँ।|

02/06/2026

FactCheck: के यो भिडियो साँच्चै दुबईमा मृत्यु भएको एक नेपालीको हो त?
सामाजिक सञ्जालमा यतिबेला दुबईमा एक नेपाली श्रमिकलाई फाँसीको सजाय दिइँदै गरेको भन्दै एउटा भिडियो व्यापक रूपमा भाइरल भइरहेको छ।

यो भिडियो दुबईको नभई इन्डोनेसियाको स्थानीय जात्रा वा परम्परागत सडक नाटकको दृश्य हो, भिडियोमा देखिएको सेतो कपडामा बेरिएको आकृति इन्डोनेसियाको सांस्कृतिक आत्मा 'पोकोङ' (Pocong) हो र त्यहाँका मानिसहरूले आफ्नो परम्परागत पहिरन लगाएर भूतप्रेतको अभिनय (Kesurupan Endang Mayit) गर्ने चलन छ। साथै दुबईको कानुनमा यसरी सडकमा फाँसी दिने अभ्यास छैन र परराष्ट्र मन्त्रालय वा यूएईस्थित नेपाली दूतावासले पनि यस्तो कुनै आधिकारिक सूचना जारी गरेका छैनन्।

01/06/2026

FactCheck: के बिरे नुनको खानी उत्खनन र प्रयोगमा ल्याउने तयारी सुरु भएको हो।

Social Mediaमा यतिबेला भारतबाट आउने खाने नुन रोक्न नेपालका हिमाली जिल्लाहरूमा पाइने बिरे नुनको खानी उत्खनन र प्रयोगमा ल्याउने तयारी सुरु भएको दाबी भाइरल भइरहेको छ।

वास्तवमा नेपालका हिमाली क्षेत्रमा बिरे नुनको व्यावसायिक उपलब्धता र आत्मनिर्भरताको बहस चले पनि हालसम्म भारतबाट आउने खाने नुन रोक्न वा स्वदेशी खानीबाट बिरे नुन निकाल्ने कुनै पनि उत्खनन कार्य सुरु भएको छैन।

सामाजिक सञ्जालमा फैलिने यस्ता भ्रामक सूचनाहरूले समाजमा अनावश्यक डर र भ्रम सिर्जना गर्छन्। त्यसैले, सत्य र तथ्य नबुझी कुनै पनि सामग्री सेयर नगरौँ।

31/05/2026

Fact Check: सामाजिक सञ्जालमा यतिबेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' को नाममा आएको एउटा स्क्रिनशट शेयर गर्दै आक्रोश पोखेको विषय भाइरल भइरहेको छ।

वास्तवमा उक्त स्क्रिनशट गुगलको जेमनाई एआईको प्रयोग गरेर बनाइएको नक्कली सामग्री हो, जसको तल दायाँ कुनामा Gemini ko Watermark समेत प्रस्ट देखिन्छ। प्रधानमन्त्री बालेनले आफ्नो आधिकारिक फेसबुक पेजबाट बजेट सार्वजनिक भएपछि "ढुक्क हुनुस !" बाहेक त्यस्तो कुनै पनि विवादास्पद पोस्ट गरेका छैनन्।

त्यसैले उक्त Post प्रधानमन्त्री बालेनसँग सम्बन्धित छैन। त्यसैले, सत्य र तथ्य नबुझी कुनै पनि सामग्री सेयर नगरौँ।

29/05/2026

FactCheck : के भारतबाट लखेटिएका रोहिंग्याहरू नेपाल प्रवेश गर्न खोज्दै छन्?

सामाजिक सञ्जालमा यतिबेला भारतबाट लखेटिएका रोहिंग्या शरणार्थीहरू जबर्जस्ती नेपाल छिर्ने प्रयास गरिरहेको दाबीसहित एउटा भिडियो भाइरल भइरहेको छ।

तर, के यो भिडियोको वास्तविकता नेपालसँग जोडिएको छ त? 'रुजु फैक्टचेक' ले गरेको तथ्यजांचमा यो दाबी पूर्ण रूपमा भ्रामक रहेको पुष्टी भएको छ।

भाइरल भिडियो वास्तवमा सन् २०२५ जनवरीमा भारत-बंगलादेश सीमा (चाँपाइनवावगन्ज) मा रुख काट्ने र जमिनको विवादलाई लिएर स्थानीय बासिन्दा र भारतीय सीमा सुरक्षा बल (BSF) बीच भएको पुरानो झडपको हो।

त्यसैले उक्त घटना भारतबाट लखेटिएका रोहिंग्याहरू नेपाल प्रवेश गर्न खोजेको दाबीसँग सम्बन्धित छैन। त्यसैले, सत्य र तथ्य नबुझी कुनै पनि सामग्री सेयर नगरौँ।

28/05/2026

FactCheck : के यो भिडियोको वास्तविकता नेपालसँग जोडिएको छ त?
जाँचका अनुसार, यो भिडियो नेपालको नभई भारतको महाराष्ट्रस्थित कोल्हापुरको एक होस्टेलको फेला परेको छ । गत अक्टोबर महिनामा त्यहाँको 'शामराव पाटिल शिक्षण संस्था'मा भएको यस घटनामा संलग्न दोषीहरूमाथि स्थानीय प्रशासनले कारबाही समेत गरिसकेको छ।
त्यसैले उक्त घटना नेपालसंग सम्बन्धित छैन।

28/05/2026

FactCheck: नयाँ आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम आउने समय पारेर सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले बालेन शाहको तस्बिर एडिट गरिएको हो। हाल नेपालमा वृद्धभत्ता मासिक ४,००० रुपैयाँ र उमेर हद ७० वर्ष नै कायम छ।

26/05/2026

FactCheck: के पूर्व गृहमन्त्री सुदन गुरुङ निर्दोष साबित भएको र पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो ?

सामाजिक सञ्जालमा फैलाइएका भिडियोहरूमा पूर्व गृहमन्त्री सुदन गुरुङ निर्दोष साबित भएको र पुनः गृहमन्त्रीमा नियुक्त गरिएको दाबी गरिएको छ। भिडियोमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले उनलाई पुनर्बहाली गरेको घोषणा गरेको सन्देश दिने दृश्यसमेत जोडिएको छ।
सुदन गुरुङमाथि उठेका प्रश्नहरूको छानबिन गर्न सरकारले मे ११, २०२६ मा उच्च अदालतका पूर्वन्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि आजसम्म अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन।
यसैले सामाजिक सञ्जालमा फैलाइएका सुदन गुरुङ निर्दोष ठहर भएको र उनलाई छानविन समितिले निर्दोष सावित गरेको दाबी भ्रामक छ । बरु यस्ता दाबीसहितका सामग्रीमा एआईबाट तोडमोड गरिएका दृश्य जोडिएको देखिन्छ ।

25/05/2026

Fact Check: के द​र​बार​ ह​त्याकाण्ड​को मुख्य​ योज​नाकार​ प्र​च​ण्ड​ हुन्

फेसबुक पोस्टमा पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाह देखिने तस्बिर जोडिएको छ । साथै क्याप्सनमा ‘द​र​बार​ ह​त्याकाण्ड​को मुख्य​ योज​नाकार​ प्र​च​ण्ड​ हो’ भन्ने दाबी जोडिएको छ ।

तर यो दाबी पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएका छैनन् । पोस्टमा प्रयोग गरिएको तस्बिरमा पूर्वराजा पूर्व राजपरिवारकी सदस्य पूर्णिका देखिए पनि, उक्त क्याप्सनले भ्रामक सन्देश प्रवाह गरेको छ ।
२००१ सालको नारायणहिटी दरबार हत्याकाण्डबारे बनेको आधिकारिक छानबिन प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाको मुख्य जिम्मेवार ठहर गरेको थियो । यद्यपि वर्षौंदेखि विभिन्न राजनीतिक पात्रलाई जोडेर अनेक दाबी र षड्यन्त्रका कथनहरू सामाजिक सञ्जालमा फैलिने गरेका छन् । तर प्रचण्ड नै मुख्य योजनाकार भएको प्रमाणित गर्ने विश्वसनीय अनुसन्धान, अदालतको फैसला वा सरकारी निष्कर्ष उपलब्ध छैन ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


New Baneshwar
Kathmandu
4400