SsCottage.net

SsCottage.net

Share

20/12/2025
26/06/2025

"सगरमाथाको शिखरदेखि रैथाने बजारसम्म: विश्व कीर्तिमानी कल्पनाको तेल बेच्नुको पछाडिको मार्मिक कथा "विदेशी तेलको बजार बनाउन हाम्रो आफ्नै रैथाने तोरीको तेललाई अस्वस्थकर भनेर प्रचार गरियो "

काठमाडौं। कुनै बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपालको झण्डा फहराउने ती हातहरू आजभोलि रैथाने कृषि हाटबजारमा तोरीको तेलको बोतल मिलाउँदै गरेको भेटिन्छन्। ती आँखा, जसले ८,८४८.८६ मिटरको उचाइबाट संसारलाई हेरेका थिए, आज आफ्नै उत्पादनमा ग्राहकको विश्वास खोजिरहेका छन्। उनी हुन्, सगरमाथा आरोही तथा विश्व कीर्तिमानी कल्पना महर्जन।

जो कोहीलाई पनि लाग्न सक्छ, विश्वमा नाम कमाइसकेकी एक साहसी महिला किन एउटा सामान्य बजारमा तेल बेचिरहेकी छिन्? तर, हरेक बोतल तेलको पछाडि उनको एउटा महान् र मार्मिक उद्देश्य लुकेको छ। यो उनको व्यवसाय मात्र होइन, एउटा अभियान हो— "शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान।" हरेक बोतलको बिक्रीबाट आउने नाफाले कुनै कुनामा शिक्षाको ज्योतिबाट वञ्चित चेलीको भविष्य उज्यालो बनाउन र बालविवाहको अँध्यारोबाट जोगाउन मद्दत गर्छ।

यो अभियान कल्पनाले आज मात्र सुरु गरेकी होइनन्। उनले सगरमाथाको चुचुरोमा पाइला टेक्दा पनि यही सन्देश बोकेकी थिइन्। हिमालको उचाइबाट सुरु भएको उनको यो यात्रा अहिले गाउँका विद्यालयहरूसम्म पुगेको छ। उनी भन्छिन्, "हामी गाउँ-गाउँका स्कुलमा गएर बालविवाहले स्वास्थ्य र समाजमा पार्ने असरबारे जनचेतना जगाउँछौँ। यसका लागि चाहिने रकम यही तेल बेचेर जुटाउँदैछौँ।"

उनी जुन तोरीको तेल बेचिरहेकी छिन्, त्यो उनको परिवारको विरासत पनि हो। उनका ससुराले वि.सं. २०५३ सालमा स्थापना गरेको " तोरीको तेल" मिललाई अहिले उनका श्रीमानले निरन्तरता दिइरहेका छन् भने कल्पनाले यसलाई बजार र पहिचान दिन सघाइरहेकी छिन्। उनी भन्छिन्, "एक समय थियो, जब विदेशी तेलको बजार बनाउन हाम्रो आफ्नै रैथाने तोरीको तेललाई अस्वस्थकर भनेर प्रचार गरियो। तर, सत्य यो हो कि हाम्रो स्वास्थ्य र माटो सुहाउँदो तेल यही हो। अहिले त डाक्टरहरूले पनि शुद्ध तोरीको तेल नै खान सल्लाह दिन थाल्नुभएको छ।"

अन्तर्राष्ट्रिय ख्याति र विदेशमा अनेक अवसर हुँदाहुँदै पनि कल्पनाले आफ्नै देशको माटो रोजेकी छिन्। उनी भन्छिन्, "नेपालमै अवसर छ, यहीँ केही गर्न सकिन्छ। तर, सरकार र स्थानीय निकायको ध्यान कौसी खेतीजस्ता साना कार्यक्रममा मात्र अल्झिएको छ। जबकि गाउँका गाउँ बाँझो छन्।" उनको यो आवाजमा देशमै केही गर्ने युवाको पीडा र आशा दुवै झल्किन्छ।

कल्पना महर्जनको यो कथा केवल एक आरोहीको कथा होइन। यो एउटा यस्तो सामाजिक उद्यमीको कथा हो, जसले आफ्नो पहिचानलाई समाजसेवामा समर्पित गरेकी छिन्। उनको यो यात्राले प्रमाणित गर्छ— उचाइ केवल मिटरमा नापिँदैन, उद्देश्य र समर्पणको गहिराइमा पनि नापिन्छ। सगरमाथाको शिखरभन्दा पनि अग्लो उनको यो अभियानलाई सबैको साथ र सहयोगको खाँचो छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kapan11, Kathmandu
Kathmandu

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00