Ratna Book
18/07/2026
~नेपालको इतिहास बुझ्न चाहने विदेशी अनुसन्धानकर्ताहरूको पहिलो रोजाइ~
#सन्दर्भ : श्रावण २ |
वि.सं. २०८१ साल श्रावण २ गतेका दिन इतिहासकार तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. तुलसीराम वैद्यको ८५ वर्षको उमेरमा निधन भएको थियो ।
डा. वैद्यका एकल लेखकका रूपमा ८ वटा र सहलेखकका रूपमा १६ वटा पुस्तकहरू प्रकाशित छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सबैभन्दा धेरै शोधार्थीहरूलाई पिएच.डी. (Ph.D.) गराएको इतिहास छ भने दुई दर्जनभन्दा बढी विदेशी शोधार्थीहरूको शोधग्रन्थ मूल्याङ्कन गरेका थिए । त्यसैले पनि नेपालको इतिहास बुझ्न चाहने विदेशी अनुसन्धानकर्ताहरूका लागि पहिलो गुरु नै डा. वैद्य थिए, जुन नेपाली इतिहासकारहरू माझ निकै विरलै पाइने रेकर्ड हो।
वि.सं. १९९६ साल फाल्गुण १७ गते जन्म भएका प्रा.डा. तुलसीराम वैद्यले भारतको इलाहाबाद विश्वविद्यालयबाट इतिहास विषयमा एम.ए. तथा विद्यावारिधि गरेका थिए। वि.सं. २०१७ साल आषाढ १८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन सेवा सुरु गरेका उनी लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्व उपकुलपति थिए भने इतिहास केन्द्रीय विभागको प्रमुख, राष्ट्रिय विकास सेवा (NDS) को निर्देशक, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन, त्रि.वि. प्राज्ञिक परिषद्को सदस्य सचिव, र परीक्षा नियन्त्रक जस्ता महत्त्वपूर्ण पदहरूमा रहेर कार्य गरेका थिए। त्रिभुवन विश्वविद्यालयमा पहिले विद्यार्थीहरूले अनिवार्य रूपमा गाउँमा गएर सेवा गर्नुपर्ने 'राष्ट्रिय विकास सेवा' को नियम थियो। उक्त कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशकको रूपमा उनले खेलेको प्रशासनिक भूमिका निकै प्रशंसनीय थियो।
17/07/2026
नगेन्द्र दाइ, खै किन लेख्नै सकिनँ ! ‘अभिव्यक्ति’ (साहित्यिक द्वैमासिक) लेखिएको बोर्ड...
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
P849+P3 Kathmandu
Kathmandu
Opening Hours
| Monday | 10:00 - 19:30 |
| Tuesday | 10:00 - 19:30 |
| Wednesday | 10:00 - 19:30 |
| Thursday | 10:00 - 19:30 |
| Friday | 10:00 - 19:30 |
| Sunday | 10:00 - 19:30 |