kumar khadka

kumar khadka

Share

09/06/2026

जो जहाँ खुसी छ, उसलाई त्यहीँ रहन दिनुहोस्।
किनकि प्रेम भनेको बाँधेर राख्नु होइन, स्वतन्त्र छोड्न सक्नु हो।
जबरजस्तीले साथ त पाइन्छ, तर मन कहिल्यै पाइँदैन।
मन नजोडिएको सम्बन्धमा शान्ति होइन, केवल मौन पीडा बस्छ।

08/06/2026

दिनभरिको थकान त म यसै भुलिदिन्थेँ,
यदि कामबाट आउनेबित्तिकै
हजुरको अँगालोमा लुटुपुटु भएर बाँधिन पाएको भए, आमा।🥺

यो परदेशको भीडमा धेरै कुरा भेटिए,
तर हजुरको न्यानो काख भने कतै भेटिएन।
दिनभरि हाँसेको अभिनय गरे पनि,
साँझ पर्नासाथ मन फेरि हजुरकै यादले भिज्छ, आमा।🥺

कति गाह्रो हुँदो रहेछ नि,
थकित शरीर लिएर घर फर्कँदा
"खाना खायौ बाबु?" भनेर सोध्ने आवाज नहुँदा।
धेरै पैसा कमाउन सकिएला,
तर हजुरको मायाको मूल्य त कहिल्यै तिर्न सकिँदैन, आमा।❤️‍🩹

दिनभरिको थकान त म यसै भुलिदिन्थेँ,
यदि कामबाट आउनेबित्तिकै
हजुरको अँगालोमा लुटुपुटु भएर बाँधिन पाएको भए, आमा। 🥺
✍️ Kumar Khadka Kbk

08/06/2026

"आफ्नै मेहनतको बलमा पखेटा फैलाएर उड्न चाहन्छु, हे भगवान्।
ताकि सफलताको शिखरमा पुगेको दिन
कसैले औँला ठड्याएर ‘मेरो कारण ऊ यहाँसम्म पुगेको हो’
भन्ने अवसर नपाओस्।

सहारा होइन, आफ्नै संघर्षको परिचय बनाउन चाहन्छु।
उपकारको बोझ होइन, आफ्नै पसिनाको परिणाम बोकेर हिँड्न चाहन्छु।
किनकि अरूको भरमा उभिएको सफलता क्षणिक हुन सक्छ,
तर आफ्नै मेहनतले कमाएको उचाइ सधैं गर्वको विषय बन्छ। 🙏🕉️❤️

"यति सक्षम बनाइदेऊ भगवान्,
कि मेरो सफलताको कथा सुन्दा
मानिसहरूले मेरो मेहनतको चर्चा गरून्,
कसैको सहाराको होइन।🕉️

08/06/2026

तिम्रो मुस्कानमा मोहित हुनेहरू धेरै भेटिन्छन्, तर तिम्रो आँसुको कारण बुझ्नेहरू निकै कम हुन्छन्।

अनुहार हेरेर त सबै फिदा हुन्छन्, खोजी उसको गर्नु जो आँसुको पनि साझेदार बनोस्। किनकि साँचो साथ त्यो होइन, जो खुशीमा मात्र साथ दिन्छ, साँचो साथ त त्यो हो, जो दुःखमा पनि हात नछोडोस्। ♥️🕊️

"रूपले आकर्षित गर्नेहरू धेरै हुन्छन्, तर मनको पीडा बुझेर साथ दिनेहरू नै आफ्ना हुन्छन्। 🥀
✍️ Kumar Khadka Kbk

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
46000