Femina
03/02/2026
मोरङमा पत्नीको हत्यापछि युवकद्वारा आत्महत्या
विराटनगर । मोरङको रंगेलीमा मंगलबार बिहानका राति १ जना युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार घटना बिहान २ः४५ बजेतिरको हो ।
मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । उनले ससुराली घरमै पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् ।
घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।
29/01/2026
#होसियार
माघ १५ गते चुइङ्गम दिएर पथरीमा बच्चाको कानबाट सुन लुटपाट
पथरी अपडेट: घरको आँगनमा खेलिरहेका पाँच वर्षे बालक युसन तामाङको कानमा लगाइएको १ आना तौलको सुनको बेरुवा लुटेर एक अज्ञात व्यक्ति फरार भएका छन्। घटना दिउँसो करिब ३:३० बजेको समयमा भएको हो । लुटेराले बच्चालाई चुईगम दिएर फकाई कानको बेरूवा लुटेका थिए ।
खेलिरहेका बालबालीकाहरूको अनुसार लु’टपा’तमा संलग्न व्यक्तिले कालो कपडा र टोपी लगाएका थिए । बालकको कानमा लगाइएको सुन लु’टेर उनी फरार भएपछि पथरीमा त्रास फैलिएको थियो ।
घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेका छन् ।
श्रीमानको कुटपिटपछि मृत्यु भएकी गर्भवतीको अन्त्येष्टि गर्नै लाग्दा पुग्यो प्रहरी
दाङ, पुस २१ । श्रीमानको कुटपिट बाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन्।
दाङको शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गत नेपालगन्जको केयर सिटी अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचार क्रममै पुस १८ गते बिहान ११ मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
कुटपिटबाट मृत्यु भएकी खिमीको शव परिवारले घरमा ल्याएर अन्त्येष्टि गर्न लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।
सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले अन्त्येष्टि कार्य रोकेर शव पोस्टमर्टमका लागि अस्पताल पठाएको थियो।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मृतकका श्रीमान फरार थिए। उनलाई सोही रातको ११ बजे तुलसीपुर उपमहानगरपालिका-५ न्युरोडस्थित एउटा गेस्ट हाउसबाट पक्राउ गरिएको थियो।
खिमीकी आमा राममाया दमाइले पुस १९ गते सुमनविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।
सुमनलाई ७ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार अनुमति प्रदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी शाहले जानकारी दिएका छन् ।
इप्रका तुलसीपुरका प्रमुख डिएसपी पराजुलीका अनुसार सुमन गाडीमा सहचालकको काम गर्थे। खिमी परियार चार महिनाकी गर्भवती थिइन्।
श्रीमान गाडीको सहचालक भएका कारण उनी श्रीमानले बोलाउँदा सजिलोका लागि कहिलेकाही होटलमा बस्न जान्थिन्।
त्यही क्रममा पुस १२ गते उनीहरुको बीच सामान्य विषयमा विवाद भएको थियो। विवादकै क्रममा सुमनले श्रीमतीलाई धकेलेपछि खिमी खाटमा ठोक्किएकी थिइन्। खाटको काठले उनको कोखामा लागेको थियो।
त्यो चोटका कारण उनको पेटमा इन्फेक्सन भएपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचारपछि थप उपचारका लागि नेपालगंज पठाइएको थियो। नेपालगंजमै उनको मृत्यु भएको हो।
गर्भवती खिमीको मृत्युपछि सुमनको परिवारले अन्त्येष्टिका लागि लैजाँदै गरेको सूचना एक स्थानीयले फोन मार्फत दिएका थिए। त्यसपछि इलाका प्रहरीबाट प्रहरी प्रमुख डिएसपी पराजुली आफै पुगेर शव राकेर अस्पताल पुर्याएका थिए।
पोस्टमर्टम लगायतको प्रक्रिया पूरा भई आरोपी पक्राउ गरी उनका बिरुद्ध किटानी जाहेरी परेपछि मात्रै खिमीको अन्तेष्टि कार्य भएको थियो।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
03/01/2026
आजबाट स्वस्थानी व्रत कथा सुरु : स्वस्थानी माताले सबैको रक्षा गरून्, जय स्वस्थानी माता 🙏
सनातन कालदेखि धार्मिक रूपमा महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज पौष शुक्ल पूर्णिमादेखि सुरु भएको छ। हिन्दु धर्मावलम्बीहरूले एक महिनासम्म चोखो रही घर–घरमा श्री स्वस्थानी व्रत कथा वाचन गर्दै ३१ अध्याय पाठ गर्ने परम्परा छ। श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्।
#स्वस्थानी
02/01/2026
सुर्खेतमा कोइला बालेर सुत्दा निसास्सिएर ३८ दिनकी शिशु प्रतीक्षा बुढाको मृत्यु भएको छ। बुधबार राति उनकी आमा ३२ वर्षीया तारा, दाइ प्रकाश र १३ वर्षीया भदैनी संगम कोइला बा लेर सुतेका थिए। आज बिहान अबेरसम्म उनीहरू नउठेपछि घरबेटी बोलाउन जाँदा छोरा प्रकाशले ढोका खोल्दा शिशुको मृत्यु भइसकेको थियो भने अन्य तीन जना बेहोस अवस्थामा फेला परेका थिए। उनीहरूलाई अहिले अ स्पताल लगिएको छ। झ्यालढोका थुनेर कोइला, आगो वा हिटर बाल्दा अक्सिजनको कमी भई ज्यान समेत जान सक्ने भएकाले प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu