Hello Samaj

Hello Samaj

Share

06/06/2026

काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा शुक्रबार साँझ एउटा घरेलु विवादले जिउँदो समाजको मुटु चिरिदियो। आफूलाई 'नेपाली ब्रो' नामले चिनाउने रेस्लर ४२ वर्षीय कुमार थापा मगरले आफ्नै ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको फलामको रड प्रहार गरी निर्मम ह*त्या गरेका छन्। ईश्वरी नेपाली सेनामा कार्यरत थिइन् । कामबाट स्कुटीमा फर्किने बेला घर अगाडि नै यो ज्यादती भएको थियो । रडको प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि अत्यधिक रक्तस्रावका कारण त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका क्रममा उनको निधन भयो। यो घटना नेपाली समाजमा घरेलु हिंसाको अर्को पीडादायी उदाहरण बनेको छ।

उनीहरूबीच लामो समयदेखि सम्बन्ध बिग्रिँदै गएको थियो। प्रहरीका अनुसार उनीहरू सम्बन्ध बिच्छेदको तयारीमा थिए। घरायसी कलह र तनावले उनीहरूको वैवाहिक जीवनलाई चिन्ताग्रस्त बनाएको थियो। 'नेपाली ब्रो' ले ईश्वरी कामबाट फर्किने समय थाहा पाएर बाटोमा नै ढुकेर बसेका थिए र घर पुग्नासाथ आक्रमण गरेका थिए।

प्रत्यक्षदर्शीहरूले घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याए पनि समयले साथ दिएन। कुमारलाई घटनाको केही घण्टामै बालाजुबाट पक्राउ गरिएको छ। उनी जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा छन्। प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।

ईश्वरी जस्ती एक जिम्मेवार सैनिकले आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै आफ्नै घरको आँगनमा यस्तो क्रूरता भोग्नुपर्नु दुःखद् र मार्मिक छ। उनीहरूको वैवाहिक जीवनको अन्त्य यति अमानवीय रूपमा हुनुले धेरैलाई स्तब्ध बनाएको छ।

शान्ति र समृद्धिको खोजीमा व्यस्त नेपाली समाजमा यस्ता घटनाहरूले मानवीय संवेदनालाई घाइते बनाउँछन्। ईश्वरीको आत्माले शान्ति पाओस्। यो दुःखद् घटनाबाट सिक्दै अरू कुनै परिवारले यस्तो पीडा नभोगोस् भन्ने कामना गराैँ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600