Tarangini Foundation

Tarangini Foundation

Share

Photos from Tarangini Foundation's post 05/05/2026

दुहबी नगरपालिका वडा नं. ७ फर्साईमा बालबालिका तथा किशोरीहरूसँग खराब छुवाइ (bad touch) र यौन हिंसा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो। उक्त छलफलमा बालबालिका तथा किशोरीहरूले भोग्दै आएका जोखिम, सचेतना र सुरक्षा उपायका बारेमा खुला संवाद गरिएको थियो।

त्यसैगरी, दुहबी नगरपालिका वडा नं. १२ का महिलाहरूसँग बालविवाह र महिला हिंसासँग सम्बन्धित घटना तथा वर्तमान अवस्थाबारे विस्तृत छलफल तथा अन्तरक्रिया सम्पन्न गरियो। सहभागीहरूले समुदायमा देखिएका समस्या, चुनौती र समाधानका सम्भावित उपायहरूबारे आफ्ना अनुभव तथा विचारहरू साझा गरे।

साथै, वडा नं. १२ कार्यालयमा दुहबी नगरपालिका द्वारा आयोजित किशोरी तथा महिलाहरूका लागि आत्मरक्षा (self-defense) सम्बन्धी तालिमका क्रममा तरंगिनी संस्थाले हालसम्म गर्दै आएको कार्य तथा योगदानबारे जानकारी प्रदान गरियो।

Photos from Tarangini Foundation's post 05/05/2026

नयाँ प्रकाशन: छाल वर्ष ४, अंक १
घरेलु श्रमिकका आवाज तथा अनुभव बोकेको सङ्गालो

“अनौपचारिक श्रम क्षेत्रको ठूलो हिस्सामा महिला श्रमिकको सहभागिता भए पनि, महिलाहरूको काम न त पर्याप्त मूल्यांकन गरिएको छ, न त उचित सुरक्षा र सम्मान सुनिश्चित गरिएको छ।”

तल दिईएको लिंकमा गई हाम्रो यस नयाँ प्रकाशनलाई डाउनलोड गरी पढ्न सक्नुहुनेछ: https://tinyurl.com/3wf932bv

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kumarigal, Kharibot Gaurighat
Kathmandu