Purbi Command online
24/06/2026
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा तयार गरिएको समाचारप्रति आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
चितवनबाट काठमाडौं फर्किने क्रममा एक सुरक्षाकर्मीले बोकेको ब्यागलाई आफ्नो भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले स्पष्टीकरण दिएकी हुन्। सामाजिक सञ्जालमार्फत उनले तस्बिरमा देखिएको ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको उल्लेख गरेकी छन्। तथ्य नबुझी अनेक अड्कलबाजी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ। काफ्लेले नयाँ राजनीतिक शक्ति र उनीहरूका परिवारलाई पुरानै दृष्टिकोणबाट हेरेर नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएकी छन्। पछिल्लो समय आफूलाई विगतका राजनीतिक पात्रहरूसँग तुलना गर्दै नियोजित ढंगले समाचार बनाइएको उनको भनाइ छ।
देशको चौथो अंग मानिने सञ्चारमाध्यमले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गर्दा व्यक्तिको प्रतिष्ठामा असर पर्ने भन्दै उनले पत्रकारितामा जिम्मेवारी र विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिएकी छन्। उनले प्रेस काउन्सिल वा कानुनी प्रक्रिया अपनाउने विकल्प भए पनि हाललाई सचेतना फैलाउने उद्देश्यले मात्र आफ्नो धारणा सार्वजनिक गरेको बताएकी छन्।
24/06/2026
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८३/ ०८४ का लागि १ अर्ब ४ करोड ४४ लाख ६० हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।
बुधबार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा नगर उपप्रमुख मिना खतिवडा पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । बजेटका स्रोतमा संघीय सरकारको वित्तीय समानीकरणतर्फ १५ करोड ९३ लाख, सशर्त अनुदानतर्फ २९ करोड ६९ लाख, विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ५० लाख ४६ हजार, सशर्त अनुदानतर्फ ३ करोड ५८ लाख ५१ हजार र समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ प्राप्त हुनेछ । संघ, प्रदेश र स्थानीय राजश्व बाँडफाँटबाट २१ करोड ९४ लाख २९ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको उक्त बजेटमा नगरको आन्तरिक स्रोतबाट १६ करोड ५९ लाख, जनसहभागिताबाट २ करोड, नगर विकास कोषबाट १ करोड ३० लाख र सडक बोर्डबाट ६५ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । यस्तै, विनियोजित रकममध्ये पूर्वाधार विकासमा ३० करोड ७ लाख रुपैयाँ र शिक्षा क्षेत्रमा २४ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ३ करोड ७८ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ २ करोड ९८ लाख, कृषि विकासमा १ करोड ६२ लाख र सुशासनतर्फ १ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ । पशुपन्छी विकासका लागि ८५ लाख १७ हजार, वातावरण संरक्षण र विपत व्यवस्थापनमा ७० लाख ८० हजार, पर्यटन विकासमा ४४ लाख, सामाजिक सुरक्षा तथा संरक्षणमा ३७ लाख ५० हजार, खेलकुदमा ३० लाख तथा सूचना प्रविधितर्फ ३० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।
24/06/2026
उर्लाबारीमा पर्यटनको सम्भावना प्रशस्त छ, तर सम्भावनाले मात्र विकास हुँदैन । योजनाबद्ध लगानी, उचित बजेट व्यवस्थापन र पर्यटकीय स्थलको संरक्षण आवश्यक छ । अहिले अधिकांश स्थल उजाड छन्, घुम्नभन्दा मासु पोल्ने गन्तव्यजस्ता बनेका छन् । कनिका छरेजस्तो बजेट होइन, दीर्घकालीन सोच चाहिन्छ ।
✍️saroj basnet
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |