AP Nepal

AP Nepal

Share

07/06/2026

बालेन र रवि: प्रतिस्पर्धा होइन, सहकार्यको खाँचो
​काठमाडौँ महानगरका मेयर बालेन शाहले यदि आफ्नो यो कार्यकाललाई ऐतिहासिक रूपमा सफल बनाउने हो भने, उनले धेरै केही गर्नु पर्दैन—मात्र रवि लामिछानेलाई सुनिदिए र उनका भिजनलाई आत्मसात् गरिदिए पुग्छ।

​हालै भारत भ्रमणका क्रममा रवि लामिछानेले लेख्नुभएको आलेख हेर्ने हो भने नेपाल-भारत सम्बन्धलाई नयाँ आयाम दिने उनको उत्कृष्ट कूटनीतिक चेत र गम्भीरता प्रस्ट झल्किन्छ। रविसँग हरेक समस्याको सही कोण, सन्तुलित दृष्टिकोण र राजनीतिक परिपक्वता छ। उनी कुनै लहरमा आएका नेता होइनन्, बरु भुइँमान्छेका आँसु पुछ्दै, दुःख-सुख भोग्दै, एउटा-एउटा सिँढी चढेर यहाँसम्म आइपुगेका परिपक्व राजनीतिज्ञ हुन्। विधि र पद्धतिलाई कहिल्यै नमिची, नयाँपन दिने उनको नियतमाथि शङ्का गर्ने ठाउँ छैन।

​त्यसैले, बालेनले रविलाई आफ्नो प्रतिस्पर्धी होइन, एउटा नजिकको सल्लाहकार र सहयात्री मान्नुपर्छ। बालेनले रविलाई सुन्ने र उनीबाट सिक्ने आँट गर्ने हो भने मात्रै यो कार्यकाल सफल हुनेछ र नागरिकका अधुरा आशा एवं अपेक्षाहरू पूरा हुनेछन्।

​— केशर ब. भण्डारीको विचारमा आधारित

07/06/2026

सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ८ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला ३ लाख ८०० कायम

​नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा अहिलेसम्मकै ठूलो र अनपेक्षित गिरावट आएको छ। विगत केही समयदेखि निरन्तर बढेर नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य आज एकैदिन ह्वात्तै घटेपछि बजारमा ठूलो हलचल पैदा भएको छ।

​नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँले ओरालो लागेको छ। यो गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्यले लगातार ऐतिहासिक उचाई छुँदै आएकोमा यो ठूलो गिरावटले आम उपभोक्ता र व्यवसायी दुवैलाई अचम्मित बनाएको छ।

06/06/2026

राष्ट्रको सुरक्षा गर्ने सैनिकले आफ्नै जीवन जोगाउन सकिनन्, डिभोर्सको अन्तिम चरणमै श्रीमानले लिए ज्यान
नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलले वर्षौँसम्म राष्ट्रसेवामा आफूलाई समर्पित गरिन्। आत्मनिर्भर र साहसी महिलाका रूपमा उनले देशको सेवा गर्नुका साथै आफ्ना छोराहरूको पालनपोषण र शिक्षाको जिम्मेवारी पनि एक्लै सम्हाल्दै आएकी थिइन्।

तर, निरन्तरको घरेलु हिंसा र दुर्व्यवहारबाट पीडित बनेपछि उनले श्रीमान कुमार थापासँग कानुनी रूपमा सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी थिइन्। अदालतमा डिभोर्सको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा, सम्बन्ध टुंगिन केही समय मात्र बाँकी थियो।
यहीबीच, श्रीमान कुमार थापाले बाटो ढुकेर ईश्वरीमाथि आक्रमण गर्दै उनको ज्यान लिएका छन्।

राष्ट्रको सुरक्षा गर्दै आएकी एक सैनिक महिला आफ्नै जीवनको सुरक्षाबाट वञ्चित हुनुपरेको यो घटनाले समाजमा घरेलु हिंसा र महिला सुरक्षाको गम्भीर प्रश्न फेरि एकपटक उठाएको छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Kathmandu
44600