sidhadrishti.com
23/07/2024
अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ !
काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुरेन्टलाई अहिले गीत प्रयोग गरेबापत रोयल्टी तिर्न धमाधम पत्राचार भइरहेको छ ।
18/07/2024
वन्यजन्तुका लागि सामूदायिक वनमा पोखरी
बाँकेको राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानीपोखरी। शम्शेर बजारबाट एक हजार दुई सय मिटर खानेपानीको पाइप जमिनमुनि बिच्छ्याएर वनमा लगि त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ। तस्बिर : रुपनी जि एम/रासस
17/07/2024
स्थानीय बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
16/07/2024
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताउनुभयो । मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उक्त भेट मा भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो । दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जानकारी दिनुभयो । –––
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Balambu, Chandragri
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 19:00 |
| Tuesday | 10:00 - 19:00 |
| Wednesday | 10:00 - 19:00 |
| Thursday | 10:00 - 19:00 |
| Friday | 10:00 - 19:00 |
| Saturday | 10:00 - 19:00 |
| Sunday | 10:00 - 19:00 |