Reading Circle

Reading Circle

Share

03/10/2022

Words!

04/09/2022

भावनामा जे आयाे !!....?
मेराे जन्मस्थल मलाई सधैं साैन्दर्यकाे सान हाे ।
सलल बग्दछ सँगेखाेला धर्ति साच्चै महान हाे ।।
माटाेढुङ्गा सृष्टि पूञ्ज बृक्ष हुन अमृतका रस ।
मेराे आत्मा भन्दछ मलाई सधैं गएर त्यहिं बस ।१।

हराए गाेरेटाहरु बिरानिए बनेली र भन्ज्याङहरु ।
गाउँदैछन् काेईलीहरु र झ्याङ्गिएछन् लतिकाहरु ।।
भत्किएछन् पाटिपाैवा कठै रहेन पाेखरीमा रस
मेराे आत्मा भन्दछ मलाई सधैं गएर त्यहिं बस ।२।

हिमशैल स्वच्छ सुन्दरा शिरा अन्नपूर्णा भवानी ।
दायाँ बायाँ हरित शिखरा साैन्दर्यकी सुहानी ।।
चण्डी रक्षित भुखण्ड रसिलाे सिंचाई सिन्धु रस ।
मेराे आत्मा भन्दैछ मलाई सधैं गएर त्यहिं बस ।३।

काष्ठमय फाेक्सिङ जंगल जागि रहाेस सदा ।
ठाडाे खाेलीका बिमिराहरु झ्याङ्गिरहुन् सर्बदा ।।
बैंशमा सुसेलिएका श्वरहरु कतै पाईन्छन् र अब ।
मेराे आत्मा भन्दैछ मलाई सधैं गएर त्यहिं बस ।४।

कता गए ताेते बाेल्दै स्कूल जाने ति संगिहरु ।
सम्झिरहन्छु चुलवुलिएका ति भाव भङ्गीहरु ।।
कति मिठाे थियाे शैशव प्रफुल्ल त्याे मिजास ।
मेराे आत्मा भन्दैछ मलाई सधैं गएर त्यहिं बस ।५।

आज हेर्छुदै मानुङ्बाट आफु हिड्ने बाटाेघाटाे ।
याद आउछ किन बच्पनामा लट्पटिएकाे माटाे ।।
मिठाे थियाे मकैभटमास कति मिठाे धएरीकाे रस ।
मेराे आत्मा भन्दैछ मलाई सधैं गएर त्यहिं बस ।६।
-------------===========-------------
एच राज,
१८ भाद्र२०७९, काठमण्डु ।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kalanki
Kathmandu