Routine Of Gaushala Banda
25/10/2025
गाैशालामा एक पुरुष मृत्य अवस्थामा फेला
गाैशाला, महोत्तरी —
गाैशाला नगरपालिका–५ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत व्यक्तिको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार स्थानीयले शनिवार बिहान बजारमा बनेकाे चदराकाे घरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का कार्य पूरा गरेको छ।
प्रहरीका अनुसार घटनाको कारण र मृतकको परिचय खुलाउने कार्य जारी छ। शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
Source: GK Khabar
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Gaushala Mahottari
Kathmandu
07