PropNepal

PropNepal

Share

14/10/2016

4 aana plot available in Kapan Payaitar for sale. Interested party can contact.

11/10/2016

Two storey building around Kalanki area required. Anyone interested to sell can contact.

17/09/2016

निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।
कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका लागि प्रशस्तै मात्रामा निवेदन आउने गरेको भए पनि कामपाका अधिकांश भवन मापदण्ड विपरीत निर्माण भएकाले प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुख राम थापाले जानकारी दिए ।
प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरी एक वर्षभित्र महानगरमा प्रमाणपत्र लिनका लागि निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । हाल दैनिकजसो २०÷२५ निवेदन प्रमाणपत्र लिनका लागि आउने गरे पनि चार/पाँच नियमानुरुप निर्माण भएको हुने हुँदा तिनले मात्र सम्पन्न प्रमाणपत्र पाउने गरेका छन् ।
महानगरपालिकाले निर्माण सम्पन्न प्रमाणपत्र नलिँदा बत्ती, बिजुली, बैंकबाट ऋण लिने लगायतको सुविधामा कटौती गर्ने र प्रमाणपत्र नभएकाहरुको घरका लागि बिमा नगर्ने निर्णय समेत बिमा समितिले निर्णय गरेको छ ।
कामपाका ८० प्रतिशत घर नक्सापासभन्दा विपरीत बनाइएको थापा बताउनुहुन्छ । पचासी प्रतिशत घरले निर्माण सम्पन्न प्रमाणपत्र नलिएको कामपाले जनाएको छ । “उपत्यकामा प्रशासनले तोकेअनुसारको खाली ठाउँ नराख्ने, कम तलामा नक्सापास गरेपछि तला थप्ने जस्ता मापदण्ड विपरीत बनाइएका घरको बाहुल्य छ,” उनले भने ।
निर्माण सम्पन्न प्रमाणपत्र नलिने प्रवृत्तिले गैरकानुनी तथा मापदण्ड विपरीत भवन निर्माण गर्ने, ठेकेदारले तत्काल मुनाफाका लागि कमजोर निर्माण सामग्री प्रयोग गरी भवन बनाई बिक्री वितरण गर्ने लगायत जोखिमयुक्त कार्य भइरहेको हुँदा त्यस्ता कार्य रोक्न प्रमाणपत्र अनिवार्य गरिएको कामपाले जनाएको छ ।
विसं २०५० अघि निर्मित घरका लागि भने निर्माण सम्पन्न प्रमाणपत्र नलिए पनि महानगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा घरधनीले प्राप्त गर्न सक्नेछन् ।

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
44600