Show Tube

Show Tube

Share

08/07/2026

७२ वर्षको पर्खाइ समाप्त: स्विट्जरल्यान्डले रच्यो इतिहास, अब क्वार्टरफाइनलमा अर्जेन्टिनासँग घम्साघम्सी

दोहा (सन् २०२६ फिफा विश्वकप): स्विट्जरल्यान्डले विश्व फुटबलमा नयाँ इतिहास रचेको छ। निकै रोमाञ्चक र तनावपूर्ण खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै स्विट्जरल्यान्ड २०२६ फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीबाट गोलको खाता खुल्न सकेन। डिफेन्स र गोलकिपरहरूको उच्च सतर्कताका कारण खेल गोलरहित बराबरीमा सकिएपछि नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपर्‍यो।
पेनाल्टी सुटआउटको 'नर्भ-रेकिङ' क्षणमा स्विट्जरल्यान्डले मानसिक दृढता र संयम प्रदर्शन गर्दै बाजी मार्यो। यस ऐतिहासिक जितसँगै स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक—अर्थात् ७२ वर्षको लामो प्रतीक्षापछि—विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

अन्तिम आठको भिडन्तमा अब स्विट्जरल्यान्डले उपाधिको दाबेदार अर्जेन्टिनाको सामना गर्नेछ। साविक विजेता र बलियो अर्जेन्टिना विरुद्ध स्विट्जरल्यान्डले आफ्नो ऐतिहासिक लयलाई निरन्तरता दिन सक्ला वा नसक्ला, त्यो भने क्वार्टरफाइनलको खेलले नै बताउनेछ।

07/07/2026

अर्जेन्टिनासँगको पराजयपछि इजिप्टका स्ट्राइकर जिकोले खेल 'फिक्स' भएको गम्भीर आरोप लगाउँदै तीव्र आक्रोश व्यक्त गरेका छन्। रेफ्री निष्पक्ष नभएको र सुरुदेखि नै आफ्नो टोलीलाई लक्षित गरी अन्यायपूर्ण निर्णयहरू दिएको दाबी गर्दै जिकोले खेल पहिले नै मिलाइएको जस्तो देखिएको बताएका छन्। आफ्नो टोली २–० ले अगाडि रहेको अवस्थामा पनि रेफ्रीले लगातार विपक्षीको पक्षमा निर्णय लिएको भन्दै उनले अर्जेन्टिनालाई व्यङ्ग्यात्मक रूपमा अर्को विश्वकपको अग्रिम बधाई समेत दिएका छन्। साविक विश्वविजेता अर्जेन्टिना बलियो टोली भए तापनि उनीहरूले मैदानमा आफ्नै प्रदर्शन र योग्यताको आधारमा भन्दा पनि मिलेमतोका कारण जितेको जिकोको आरोप छ।

07/07/2026

लियोनेल मेस्सीको नेतृत्वमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

​फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार (७ जुलाई) भएको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। दोस्रो हाफमा २-० को अग्रता बनाएर जिततर्फ अग्रसर देखिएको इजिप्ट विरुद्ध खेलको अन्तिम ११ मिनेट बाँकी छँदा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नाटकीय रूपमा तीन गोल फर्काएको थियो। यस खेलको सुरुमा कप्तान लियोनेल मेस्सीले पेनाल्टी मिस गरे तापनि पछि खेलमा गोल गर्दै विश्वकप इतिहासमा आफ्नो कीर्तिमानी गोल संख्या २१ पुर्‍याएका छन्। यो जितसँगै अर्जेन्टिनाले इजिप्ट विरुद्धको आफ्नो ऐतिहासिक अपराजित यात्रालाई कायमै राख्दै अन्तिम आठमा स्थान पक्का गरेको छ।

07/07/2026

काठमाडौँमा एकाबिहानै 'मर्निङ वाक' मा निस्किएकी एउटी चेली गम्भीर यौनहिंसाको सिकार बन्छिन्। नेपाल सरकारको अधिकृत स्तरमा कार्यरत कर्मचारीले आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेपछि उनले त्यहीँ प्रतिवाद गरिन्। ती मान्छेलाई लखेट्तै भिडियो पनि बनाइन्। भाग्दै गरेका ती पुरुषलाई अन्ततः एकजना पुरूषले कठालोमा समातेर राख्छन्। ती युवतीले पिट्छिन्, गोडा ढोग्न लगाएर माफी मगाउँछिन्।

कुरा यत्तिमा सकिँदैन, खबर सामाजिक सञ्जालमा भाइरल बन्छ। प्रहरीले ती पुरुषलाई तत्काल प्रकाउ गरी अनुसन्धान थाल्छ। गृहमन्त्री सुदन गुरुङ हाल पूर्वी क्षेत्रमा भ्रमणमा रहेका भए पनि उनलाई ढाडस दिँदै स्टाटस लेख्छन्।

सामाजिक सञ्जालको पहुँच र आत्मविश्वासले राजधानीको एउटा कुनामा भएको महिला हिंसाले आवाज पायो। ती महिलाले न्याय पाउँछिन्। उनी बोलिन्।

हाम्रा देशका कुना कन्दरामा रहेका चेलीहरूको हालत कस्तो होला? अधिकृत स्तरको कर्मचारीले यस्तो अभद्र व्यवहार गर्छ भने अरू सामान्य पढेलेखेका वा नपढेका पुरुषहरूले महिलामाथि कस्तो दृष्टिकोण राख्लान्?

सर्वप्रथम महिलाहरूमाथि मानवीय व्यवहार अझै जरुरी छ, किनभने महिलालाई सबैले महिला देख्तैननक। खेलौना वा मनोरञ्जक वस्तु ठान्छन्।

महिला हिंसाका कुनै पनि घटनालाई निरुत्साहित गर्न सबै मिलौँ। महिलाहरू प्रतिवाद गर्नसक्ने आत्मविश्वासी बनाउन हौसला प्रदान गरौँ।

Want your school to be the top-listed School/college in Senai?
Click here to claim your Sponsored Listing.

Category

Address


Senai
44600