Newsupdate
11/02/2026
BREAKING : दीपेन्द्र सिंह ऐरी PSL मा बिक्री, पारिश्रमिक ६० लाख
नेपाली स्टार अलराउन्डर दीपेन्द्र सिंह पाकिस्तान सुपर लिग (पिएसएल) अक्सनको दोस्रो राउन्डमा बिक्री भएका हुन्। योसँगै उनले आफूले तोकेको न्यूनतम् पारिश्रमिक ६० लाख पाकिस्तानी रुपैयाँ पारिश्रमिक पाउने छन्।
दीपेन्द्रले आसन्न संस्करणको पिएसएल इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका हुन्। आउँदो संस्करणको पिएसएल २६ मार्चदेखि सुरु हुनेछ।
10/02/2026
दोस्रो खेलका लागि इंग्ल्याण्डको प्लेइङ–११ घोषणा, नेपालविरुद्ध खेलेका एक खेलाडी परिवर्तन
टी–२० विश्वकपमा आफ्नो दोस्रो खेलका लागि इंग्ल्याण्डले मंगलबार आफ्नो प्लेइङ–११ घोषणा गरेको छ। उसले नेपालसँग खेलेको प्लेइङ सेटबाट एक खेलाडी मात्र परिवर्तन गरेको छ।
उसले ल्यूक वडको स्थानमा जिमी ओभर्टनलाई मौका दिएको छ। इंग्ल्याण्डको टिमले दोस्रो खेलमा बुधबार वेस्ट इण्डिजसँग खेल्ने तालिका छ।
08/02/2026
विश्वकपमा नेपालको दुई प्रतिस्पर्धात्मक तर पीडादायी हार।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandau
Kathmandu
44600