Hello Nepal Today

Hello Nepal Today

Share

08/04/2026

नयाँ अभ्यास, मर्यादित कूटनीतिः प्रधानमन्त्री बालेन शाहले पद सम्हालेको १० दिनमै कूटनीतिमा फरक अभ्यास सुरु गरेका छन्। आज उनले नेपालस्थित विभिन्न देशका राजदूतहरूलाई एकैपटक भेट्ने कार्यक्रम राखेका छन्।
यसअघि नयाँ प्रधानमन्त्रीसँग राजदूतहरूले पालैपालो, छुट्टाछुट्टै भेट्ने प्रचलन थियो। तर बालेनले सुरुवातमै सबैलाई एउटै स्थानमा राखेर संवाद गर्ने निर्णय लिँदै पुरानो अभ्यास तोडेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी रहने यो सामूहिक भेटलाई कूटनीतिक पारदर्शिता, समन्वय र व्यवस्थित संवादतर्फको नयाँ सुरुवातका रूपमा हेरिएको

08/04/2026

उपसभामुखमा 'नेकपा'को सशक्त दाबी: प्रचण्डले सोझ्याए रास्वपातिर नैतिकताको प्रश्न

काठमाडौँ – प्रतिनिधि सभाको रिक्त उपसभामुख पदलाई लिएर राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ। लामो समयको मौनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपसभामुख पदमा आफ्नो पार्टीको सशक्त दाबी रहने स्पष्ट पारेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्य संयोजन समितिको बैठकमा सहभागी हुने क्रममा प्रचण्डले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उक्त धारणा राखेका हुन्।

रास्वपासँगको संवाद र 'नैतिकता'को चर्चा

सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, "उपसभामुखमा हाम्रो दाबी स्वाभाविक हुन्छ। यद्यपि, यसबारे अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक संवाद भने भइसकेको छैन।"
तर, प्रचण्डको यो अभिव्यक्तिभित्र एउटा गम्भीर राजनीतिक र नैतिक सन्देश लुकेको विश्लेषण गरिएको छ। विगतको शक्ति समीकरणलाई हेर्ने हो भने:
विगतको गुन: रास्वपा चौथो दलको रूपमा रहँदा तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) को विशेष समर्थन र पहलकै कारण उसले उपसभामुख पद प्राप्त गरेको थियो।
वर्तमान परिस्थिति: अहिले परिस्थिति फेरिएको छ। तत्कालिन माओवादी र अन्य शक्ति मिलेर बनेको 'नेकपा' बनेकाे छ र उक्त दल अहिलाे चाैथाे बनेकाे छ। राजनीतिक विश्लेषकहरूका अनुसार, हिजो आफू सानो दल हुँदा जसको सहयोगमा पद पाइयो, आज त्यही दल ठूलो भएर आउँदा र पद खाली हुँदा रास्वपाले 'नैतिकता' को आधारमा नेकपालाई सघाउनुपर्ने देखिन्छ।
अन्य दलको पनि दाबी, सभामुखमा अर्याल
उपसभामुख पदका लागि नेकपा मात्र होइन, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र राप्रपाले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। तथापि, संसदको ठूलो दल हुनुको नाताले र विगतको राजनीतिक गुन तिर्नुपर्ने दायित्वका कारण रास्वपामाथि नैतिक दबाब बढेको छ।
यसअघि सभामुख पदमा भने रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुख र उपसभामुख फरक-फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका बीच अबको शक्ति सन्तुलन कसरी मिल्छ भन्ने चासोको विषय बनेको छ।

06/04/2026

आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट) र सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिन सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको प्रमुख सुधारात्मक कार्यक्रमअन्तर्गत सरकारी सेवाहरूलाई प्रविधिमैत्री र छरितो बनाउन एकीकृत आवेदन प्रणाली सुरु गर्ने तयारी भएको हो।

मन्त्रालयका अनुसार नागरिक एपमा प्रहरी प्रतिवेदन, राहदानी र लाइसेन्स जस्ता सेवाहरू एउटै पोर्टलमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ। यसअघि नै एपमार्फत अनलाइन प्रहरी प्रतिवेदन प्राप्त गर्ने सुविधा कार्यान्वयनमा आइसकेको छ।

मन्त्रिपरिषद्को १३ चैतको निर्णयअनुसार सार्वजनिक गरिएको १० बुँदे कार्ययोजनाले नागरिकलाई सरकारी कार्यालय धाउनुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखेको छ। एकीकृत प्रणाली सुरु भएपछि सेवाग्राहीले आफ्नै मोबाइलबाट सुरक्षित र सहज रूपमा सरकारी कागजातका लागि आवेदन दिन सक्नेछन्। ***nshah

05/04/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना DP Aryal sir❤️🇳🇵🙏 प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) ज्युले पद तथा गोपनीयताको शपथ लिनु भएका छ ❤️🇳🇵🙏🌺उहाँले देश राष्ट्र हित नागरिक हितमा सधैं काम गर्नु हुनेछ भन्नेमा पुर्ण बिस्वस्त छौ हार्दिक शुभकामना🇳🇵🇳🇵🇳🇵🙏 ***n B***n 🌟🎉👏💥😊

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Main Road
Kathmandu