Korean language learn
फर्म भरेको आधिकारिक संख्या 🇰🇷
उत्पादन क्षेत्रको परिक्षाको लागि जम्मा १ लाख ४३ हजार ८१२ जनाले आबेदन फाराम भरेको इपिएस शाखाले जनाएको छ ।
23/12/2023
कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्।
अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्।
पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए।
अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो।
गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सुवेदीले जानकारी दिए।
गत साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो।
त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णय विरूद्ध गएका थिए। अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ।
दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ। जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो संख्यामा आवेदन खुलाएको हो। यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन।
सिप बिल्डिङको लागि २ दिन आवेदन खुलाउने तयारि। ‼️🇰🇷
सिप बिल्डिङ जहाज निर्माणमा अनुत्तीर्ण परीक्षार्थीका लागि पनि आवेदन दिनका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको सुवेदीले जानकारि दिएको छ। अहिले उक्त विषयमा छलफल भइरहेको निर्णय भने अझै भईनसकेको उनले बताए। उक्त आवेदनकर्ताहरुका लागि अन्य कुनै दुई दिन छुट्टै आवेदनका लागि समय खुलाउने तयारी भइरहेको छ। आवेदनका लागि आज अन्तिम दिन भएको र त्यस्ता आवेदनकले फाराम भर्न नपाउने भएकाले शाखाले अनुत्तीर्ण विद्यार्थीहरुका लागि मात्रै दुई दिन दिने बारेमा छलफल भइरहेको उनको भनाइ छ । ति परीक्षार्थीहरुले पनि आवेदन दिएमा यो वर्ष विगतको वर्षहरुको तुलनामा दोब्बर फाराम पर्ने देखिन्छ ।
22/12/2023
Korean important meaning.
22/12/2023
Meaning
आज राति ११:५९ सम्म २ लाख पुग्ने सम्भावना
EPS को आबेदन दिने को संख्या तीब्र रुपमा बढदै।
आहिले सम्म ८० हजार क्रस
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu