Everest PhotoCopy & Computer Centre
14/06/2025
सारै समय सन्दर्भीक
☘️समयमै बिहे गर्नुहोस्, सन्तान जन्माउनुहोस्
ढिलो गर्यो भने बाँकी जीवनमा केवल पछुतो बाँकी रहन्छ। एक नेपाली चेलीको आत्मकथा म काठमाडौंमा जागिर गर्थें। सधैं यही सोच्थेँ पहिले राम्रो जागिर, राम्रो कमाइ, अनि मात्र बिहे। २३ वर्षको हुँदा घरमा कुरा आउन थाल्यो। हजुरआमाले बारम्बार भन्नुहुन्थ्यो "छोरीको बिहे चाँडै गर, म मर्नुअघि नातिनी-ज्वाइँ हेर्न चाहन्छु।" तर म भने करिअरमा यति गहिरो डुबेँ कि, हजुरआमाको कुरा कहिल्यै गम्भीरतासाथ सुनिन । मेरो दिमागमा त सधैं मोबाइलका भिडियो घुम्थे ठूला हिरोइनहरू बोल्थे "जब मनले मान्छ, तब मात्र बिहे गर। पहिले आत्मनिर्भर बन, अनि मात्र परिवार बसाऊ।" यी कुराहरू यति असर गरे कि म आफैँ सोच्न थालेँ “पहिले कमाइ, अनि मात्र सबै कुरा।” यसरी नै कामकै चपेटामा २८ पुगिसकेछु, थाहा नै भएन। आमा पनि रिसाउन थाल्नु भयो "बुढेसकालमा घर बसाउने हो तिमी? अब उमेर ढिलो हुँदै छ!" तर म त अझै पनि जिद्दी "म त २८ की मात्रै हो, बिहे गर्ने उमेर कहाँ ढलिसक्यो र?" तर शरिर त समयको भाषा बुझ्छ ३१ वर्ष पुग्दा मेरा महिनावारी अनियमित हुन थाले, पीडा पनि बढ्न थाल्यो। डाक्टरकहाँ जाँदा भन्नुभयो "अब पनि समयमै विवाह नगरेर बस्नु भयो भने सन्तान पाउने सम्भावना कमजोर हुन्छ।" घर आएर गूगल गरें फेरि त ठूला हिरोइनहरूले "एग फ्रिज" गराएको देखेँ। काठमाडौँकै एक अस्पताल गएर सोधें डाक्टरले भने "२५–२७ को उमेरमा अण्डाको गुणस्तर राम्रो हुन्छ। तपाईं अहिले ३१ की, गुणस्तर खस्केको छ। अब एग फ्रिज गर्न चाहनुहुन्छ भने महिनामा ३०,००० लाग्छ।" त्यो सुन्दा मलाई झट्का लाग्यो मलाई लाग्यो, अब त धेरै ढिलो भइसक्यो। अनि बल्ल केटा हेर्न थालेँ। ३३ को उमेरमा ३६ वर्षका एक व्यक्तिसँग बिहे भयो। तर आज ४ वर्ष भइसक्यो हामी आमा-बुबा बन्न सकेका छैनौँ। अहिले हजुरआमाको शब्दहरू सम्झिन्छु "समयमै बिहे नगर्यौ भने पछुत्याउने दिन आउनेछ।” करिअर बनाउने सपना देखेर समय गुजारें त्यही पैसा अहिले उपचार र परीक्षणमा खर्च हुँदैछ। म आज खुलेर भन्न चाहन्छु करिअर त पछि पनि बनाउँन सकिन्छ, तर शरीरको उमेर फर्किंदैन। शरीरको घडी समाजभन्दा अगाडि चल्छ। प्रेम बिहेपछि पनि हुन्छ, सँगै बाँच्दा हुन्छ। महिनावारी १२–१३ वर्षमा सुरु हुन्छ, र ५० तिर सकिन्छ। त्यस्तै सन्तान जन्माउने पनि निश्चित उमेरमा सजिलो हुन्छ। बाँकी कुरा त पछि मिल्छ, तर गुमेको समय फर्किँदैन। तपाईंलाई हिरोइनहरूले देखाउने झलमल्ल संसार सुन्दर लाग्न सक्छ तर उनीहरू पैसाको बलमा जवान देखिन्छन्, अरूको कोख भाडामा लिएर सन्तान जन्माउँछन्। हामी साधारण नेपाली छोरीचेलीहरूलाई त ती सबै भ्रम हुन्। हामी त समय र शरीर गुमाउँछौं पछुतो बाहेक हातमा केही पर्दैन। समयमै बिहे गर्नुहोस्, परिवार बसाउनुहोस् ढिलो गर्यो भने जीवन पछुतोमै बित्छ।
27/04/2024
प्राथमिक तह तृतिय श्रेणी शिक्षक पदकाे खुला प्रतियाेगितात्मक परीक्षाकाे विज्ञापन २०८१
सस्तो अनि विश्वासिलो Online form भर्नु परेमा सम्पर्क गर्नु होला ।
EVERESTPHOTOCOPY & COMPUTER CENTER
Pangadobato gumba kritipur
9863451926
9815663323https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=548&fn=bigapan%20primary_2080.pdf
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
56509