Nepalayan Hub
07/06/2026
दिल्लीको जस्तै हिम्मत गरे काठमाडौंमा पनि सम्भव छ मेट्रो रेल - पूर्वाधारविद् सूर्यराज आचार्य
काठमाडौंको बढ्दो जनघनत्व र कमजोर सडक पूर्वाधारको दीर्घकालीन समाधानका लागि मेट्रोरेल अपरिहार्य भइसकेको छ। "सामान्य सडक त सुधार्न नसक्नेले मेट्रोको सपना देख्नु बेकार हो" भन्ने संकुचित तर्कले देशको विकासलाई रोक्न सक्दैन। यस्तै अविश्वास र अन्योल छिमेकी देश भारतको राजधानी दिल्लीमा पनि थियो, जहाँ सन् १९७३ मा कोलकाता मेट्रो बनाउँदा लागेको २३ वर्षको नमीठो अनुभवका कारण निर्णयकर्ताहरू डराइरहेका थिए। लगानीका लागि जापानी ऋण सुनिश्चित भए पनि राजनीतिक हस्तक्षेप र प्रशासनिक ढिलासुस्तीका कारण कसैले नेतृत्व लिने आँट गरेका थिएनन्। अन्ततः अवकाशप्राप्त कुशल इन्जिनियर ई. श्रीधरणले राजनीतिक हस्तक्षेपमुक्त पूर्ण स्वायत्तता, स्वतन्त्र निर्णय प्रक्रिया र प्रशासनिक झन्झटमुक्त कार्यशैलीको कडा सर्त राखेर 'दिल्ली मेट्रोरेल कर्पोरेसन (डीएमआरसी)' को नेतृत्व सम्हाले। तीव्र विरोध र आशंकाका बीच उनले पहिलो चरणको ५६ किलोमिटर खण्ड निर्धारित समयभन्दा २ वर्ष ९ महिना अगावै र तोकिएको बजेटभित्रै सम्पन्न गरेर भारतको राष्ट्रिय आत्मविश्वास मात्र जगाएनन्, आफूलाई 'मेट्रोम्यान' का रूपमा स्थापित गराए। दिल्लीको यो सफलताले के पुष्टि गर्छ भने समस्या प्रविधि वा लगानीको होइन, बल्कि दृढ इच्छाशक्ति र सही व्यवस्थापनको हो। काठमाडौंमा पनि विद्यमान कमजोरी र निराशालाई पन्छाउँदै, राजनीतिक हस्तक्षेपभन्दा माथि उठेर एक स्वायत्त निकाय गठन गर्ने, योग्य प्राविधिक नेतृत्वलाई पूर्ण अधिकार दिने र दिल्लीले जस्तै साहसिक नीतिगत निर्णय लिने हो भने मेट्रोरेल निर्माण पूर्ण रूपमा सम्भव छ। - पूर्वाधारविद् सूर्यराज आचार्य
05/06/2026
सिरहामा मोबाइल नष्ट प्रकरण : प्रशासनिक अचेतनाको उदाहरण........
अहिले सार्वजनिक मिडियादेखि सामाजिक सञ्जालसम्म एउटा दृश्य छ्याप्छ्याप्ती छ, जसले सूचना प्रविधि र उपकरणका बारेमा हाम्रो प्रशासन कतिसम्म अचेत छ भन्ने बहस उठाइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहामा करिब १ करोड रुपैयाँभन्दा बढी मूल्यका मोबाइल फोन र स्मार्टवाचहरू पानीमा डुबाएर नष्ट गरिएको घटनाले राज्य संयन्त्रको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
समाचार लिंक 🔗 https://nepalayanhub.com/2026/06/05/1274
05/06/2026
नेपालगन्ज भन्सारको राजस्व १६ अर्ब नाघ्यो, लक्ष्य भेट्न सकस
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए।
समाचार लिंक 🔗 https://nepalayanhub.com/2026/06/05/1264
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu