Sunwal Update

Sunwal Update

Share

स्वाद, सेवा र आत्मीयताको उत्कृष्ट संगम : Kantipur Restaurant - Kantipur Restaurant 24/05/2026

स्वाद, सेवा र आत्मीयताको उत्कृष्ट संगम : Kantipur Restaurant - Kantipur Restaurant स्वाद, सेवा र आत्मीयताको उत्कृष्ट संगम : Kantipur Restaurant नवलपरासीको बर्दघाट–२, चिसापानीमा अवस्थित Kantipur Restaurant पछिल्लो समय स्व....

26/04/2026

रोजगारको सुवर्ण अवसर !

24/04/2026

माननीयलाई नमस्कारको चिन्ता

24/04/2026

जनसेवा माध्यमिक विद्यालय, सुनवल–६, नवलपरासीद्वारा आज शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ पदाधिकारी तथा टोल शिक्षा सुधार समिति संयोजकहरूका लागि आयोजना गरिएको एक दिने मोटिभेसन कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै शिक्षक तथा सरोकारवालाहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध र पेशागत समर्पण अभिवृद्धि गर्नु रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा प्रमुख प्रशिक्षक अनुपमान सैंजुज्यूले प्रस्तुत गर्नुभएको प्रेरणादायी विचार, व्यवहारिक ज्ञान तथा अनुभवहरूले सहभागीहरूलाई गहिरो प्रभाव पारेको थियो। उहाँले शिक्षण पेशालाई केवल रोजगारी नभई समाज परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै विद्यार्थीको समग्र विकासमा शिक्षकको भूमिका निर्णायक हुने बताउनुभयो।
प्रशिक्षणका क्रममा प्रस्तुत गरिएका उदाहरण, अन्तरक्रियात्मक गतिविधि तथा व्यवहारिक अभ्यासहरूले सहभागी शिक्षकहरूमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोच विकास भएको महसुस गरिएको थियो। सहभागीहरूले कार्यक्रमले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ न्यौपाने ज्यूले मन्तव्य राख्दै विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यालयलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज खनालज्यूले शिक्षामा सुधार ल्याउन सबै सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै विद्यालयले सञ्चालन गरेका यस्ता कार्यक्रमहरू सराहनीय रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक फान प्रसाद श्रेस्ठज्यूले मन्तव्य व्यक्त गर्दै शिक्षकहरूको क्षमता विकास र मनोबल अभिवृद्धि विद्यालयको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न सबै शिक्षकहरूलाई आग्रह गर्नुभयो।
सहायक प्रधानाध्यापक रमेश पौडेलज्यूले पनि मन्तव्य राख्दै कार्यक्रमले शिक्षकहरूबीच सहकार्य, समन्वय र नवप्रवर्तनशील सोच विकास गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो। उहाँले भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी गराउनुभयो।
उक्त कार्यक्रम विद्यालय संयोजक अशोक कुमार श्रेष्ठज्यूको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सफलतामा सम्पूर्ण शिक्षक, कर्मचारी, वि.व्य.स. तथा शि.अ.सं. पदाधिकारीहरूका साथै टोल शिक्षा सुधार समिति संयोजकहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको थियो।
कार्यक्रमको समापनमा विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता गतिविधिहरूले भविष्यमा अझ प्रभावकारी, सिर्जनात्मक र प्रेरणादायी शिक्षण वातावरण निर्माण गर्न महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Pradesh 5
Kathmandu