Review Nepal

Review Nepal

Share

14/06/2026

बालेन सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले सुशासनका नाममा योग्यताक्रम मिचेर गरेका नियुक्ति अदालतको आदेशले खारेज भए । गत वैशाख ३१ गते नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य (पूर्व सैनिक अधिकारी) डा. दीपक प्रसाद बाँस्तोला लगायतलाई नियुक्ति गरिएकोमा सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको हो ।

वर्तमान सरकारले पहिलो पटक सार्वजनिक नियुक्तिमा पूर्व सैनिक अधिकारीहरूलाई प्राथमिकता दिने नीतिअनुसार सेनाका पूर्व उपरथी बाँस्तोलालाई निगममा र अर्का एक पूर्व सैनिकलाई बागमती सभ्यता एकीकृत विकास समितिमा नियुक्त गरेको थियो । योग्यताक्रमको पहिलो नम्बरमा रहेका उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मन्त्रालयले डा. बाँस्तोलासहित प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाललाई निगमको सञ्चालक नियुक्त गरेको थियो ।

***n #बालेनसरकार

12/06/2026

नेकपा (एमाले) का नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन भारतकाे राेजाइमा नरहेकाे बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीको कार्यक्रममा बोल्दै उनले रास्वपा लगायत नयाँ पार्टीहरूको वर्तमान सफलतालाई 'अस्थायी' संज्ञा दिँदै भदौ २४ को परिघटनालाई प्रतिगमन र फागुन २१ पछि बनेको वर्तमान सरकारलाई स्वेच्छाचारी एवं अधिनायकवादीको आरोप लगाए।

नागरिकको मौलिक अधिकार कुण्ठित गर्ने र सुकुम्बासीलाई दमन गर्ने कार्यमा सरकार उद्यत रहेको भन्दै उनले राष्ट्रपतिले संसद्‌मा सम्बोधन गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नुले वर्तमान सत्ताको गणतन्त्रप्रतिको उपेक्षा र कूटनीतिक मर्यादाहीनतालाई छताछुल्ल पारेको दाबी गरे।

सीमा विवादको सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको अभिव्यक्तिलाई नेता बादलले सत्ता टिकाउनका लागि गरिएको ‘राष्ट्रिय आत्मसमर्पणवाद’ को संज्ञा दिएका छन्। प्रधानमन्त्रीको भनाइमा भारत खुसी पार्न जमिनै फिर्ता दिनेसम्मको आशय लुकेको आरोप लगाउँदै उनले राष्ट्रियताको सवालमा सरकार चुकेको बताए।

साथै, हालै रास्वपा सभापति रवि लामिछानेले गरेको भारत भ्रमण र त्यहाँ उनलाई मिलेको असामान्य एवं उच्चस्तरीय भव्य स्वागतप्रति संशय व्यक्त गर्दै बादलले बाह्य शक्तिहरू नेपालको वर्तमान नेतृत्व (बालेन)सँग सन्तुष्ट नरहेको र नेपालमा नयाँ विकल्प (रवि) स्थापित गर्न चाहेको स्पष्ट सङ्केत मिलेको रूपमा व्याख्या गरे ।

#बालेन ***nshah #एमाले

12/06/2026

संसदले मन नपरेको खण्डमा प्रधानमन्त्रीलाई पनि फ्याँक्ने अधिकार राख्छ : अर्थमन्त्री वाग्ले
----
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदले प्रधानमन्त्रीलाई पनि फाल्ने अधिकार राख्ने बताएका छन् । शुक्रवार बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकार बनाउने र ढाल्ने अधिकार संसदलाई भएकाले संसदले सरकारलाई आवश्यक निर्देशन दिन सक्ने पनि बताए । राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले ‘स्थानीय तहलाई पनि नियन्त्रणमा राख्ने गरी बजेट विनियोजन गरेको’ टिप्पणी गरेपछि वाग्लेले उक्त कुरा बताएका हुन् ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
099